रुकुम पश्चिम -७, भदौ ।
Advertisement
रुकुम पश्चिममा इभी गाडीले ठक्कर दिँदा आज बिहान आमा छोरीको मृत्यु भएको छ । सानीभेरी गाउँपालिका वडानम्बर -८, एकान्त बस्तीमा गाडीको ठक्करबाट आमाछोरीको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा गुल्मी जिल्ला रुरुक्षेत्र गाउँपालिका -४, बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उहाँकी २ वर्षीया छोरी शान्दिका ज्ञवाली रहेका छन् । उनीहरू सुर्खेतका लागि मुसिकोटबाट गाडीमा चढेका थिए । मृतक स्वस्तिकाका श्रीमान लक्ष्मी सनराइज बैंक, मुसिकोट खलंगामा कार्यरत छन् ।
खलङ्गाबाट चाइना बगर तर्फ जाँदै गरेको भे १ ज १४८२ नम्बरको इभी गाडीको ठक्कर बाट आमा छोरीको मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार उनीहरू सवार गाडीबाट झरेर सडक छेउमा उभिएको बेला उक्त ईभी गाडीले ठक्कर दिएको हो ।