रुकुम पश्चिम -२७, साउन ।
Advertisement
रुकुम पश्चिमको आठविसकोट नगरपालिका -१४, मा रहेको जनविकास माध्यमिक विद्यालय ज्यामिरकोटले विविध प्रतियोगितात्मक कार्यक्रम आयोजना गरी २७औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ । युवा मानव अधिकार रक्षक सन्जालको आयोजनमा बुधबार अन्तर्राष्ट्रिय युवा दिवस मनाएको हो ।
विद्यालयले कक्षा १ देखि ५ कक्षा सम्म रस्साकस्सी र कक्षा ६ देखि १० सम्म समाजिक संजालको सदुपयोग र दुरुपयोग शिर्षकमा प्रतियोगिता सञ्चालन गरेको बताएको छ ।
प्रतियोगितामा विभिन्न स्थान हासिल गर्ने विद्यार्थीलाई शैक्षिक सामग्रीका रूपमा कापी कलम सहित प्रमाणपत्र प्रदान गरिएको शिक्षक रमेश मल्लले बताए । विद्यालयमा भएको यस प्रतियोगितामा सहभागी भइ पुरस्कृत भएकोमा यहाँ अध्ययनरत विद्यार्थी खुसी भएका छन् ।