रुकुम पश्चिम -११, साउन ।
Advertisement
पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत आज भएको खेलमा नेपाल उज्बेकिस्तान सँग पराजित भएको छ । उज्बेकिस्तानले नेपाललाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
आजको पहिलो सेटमा २६-२४ को हार ब्यहोरेको नेपालले त्यसपछिका दुवै सेटमा कमजोर प्रदर्शन गर्दा उज्बेकिस्तान सहज जित निकाल्न सफल भयो ।
च्याम्पियनसिपको अन्तिम तथा पाँचौं हार ब्यहोरेको नेपाल यस प्रतियोगिताबाट बाहिरिएको छ । अब नेपालले मङ्गलबार पाँचौं स्थानका लागि कजाखस्तानसँग अन्तिम खेल खेल्नेछ ।
फाइनल पुग्ने लक्ष्यका साथ पाकिस्तान पुगेको नेपालले यसपटकको प्रतियोगितामा कमजोर प्रदर्शन गर्दा भलिवल समर्थकलाई निराश बनाएको छ ।