रुकुम पश्चिम -१०, साउन ।
Advertisement
पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत आज भएको खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशले नेपाललाई ३-२ सेटले पराजित गरेको हो ।
च्याम्पियनसिपको चौथो हार ब्यहोरेको नेपाल जित नजिक पुगेर पनि बङ्गलादेशलाई हराउन सकेन । नेपाली टिम आजको खेलमा पराजित भएसँगै सेमीफाइनल पुग्न बाट वञ्चित भएको छ ।
अब नेपालले प्रतियोगिताको अन्तिम खेल उज्बेकिस्तानसँग खेल्ने तालिका रहेको छ ।