रुकुम पश्चिम -६, साउन ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१३, का बलवीर रोकाय २४ घण्टा नबित्दै पुरानै पार्टीमा फर्किएका छन् । मङ्गलबार नेपाली कांग्रेस प्रवेश गरेको व्यापक चर्चापछि रोकायले आफू नेपाली कम्युनिष्ट पार्टीमा नै रहेको बताएका छन् ।
नेकपाको मुसिकोट नगर कमिटी सदस्य समेत रहेका रोकायले गाउँको एक योजनाको कार्यक्रममा समितिको अध्यक्षको नाताले आफूलाई टीका लगाइएको बताउँदै पार्टी प्रवेशको भ्रमलाई एक भिडियो मार्फत चिरेका छन् । उक्त भिडियोमा, “म कम्युनिष्ट पार्टीमा छँदै छु, बगाल खेरिएको बेला खानेपिने ठाउँमा समितिको अध्यक्ष भन्दै फोटो खिचेर टिका लगाइदिएका हुन्, मलाई पनि अध्यक्ष भएकै कारण होला भन्ने लागेको थियो । तर म पुरानै सिद्धान्तको पार्टीमा छु, उनले भनेका छन् ।”
रोकाय गोठखोला सडक निर्माण मुनपा -१३ को एक योजनाको अध्यक्ष रहेको पाइएको छ । सोही क्रममा अध्यक्ष भएकोमा बधाई छ, राम्रो बाटो खन्नु भएछ भनी टिका र खादा लगाइएको, तर कांग्रेस पार्टी प्रवेश भनेर भ्रम छरिएको उनले बताएका छन् ।