रुकुम पश्चिम -५, साउन ।
Advertisement
नेपालले आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज त्रिकोणात्मक सिरिजको पहिलो खेल नामिबियासँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे स्पोर्टपार्क नेदरल्यान्डमा सुरु हुनेछ ।
त्रिकोणात्मक सिरिजमा आयोजक राष्ट्र नेदरल्यान्डसँगै नामिबिया र नेपालको सहभागिता रहेको छ । लिग -२ का सबै खेल आइसीसी टिभीमार्फत हेर्न सकिनेछ ।
नेपालले हालसम्म २८ खेल खेल्दै तालिकामा २४ अङ्क जोडेको छ । त्यसकारण नेपाललाई विश्वकपमा छनोट हुन बाँकी सबै खेल जित्नुपर्ने दबाब छ ।