रुकुम पश्चिम -२६, असार ।
Advertisement
नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको ‘ए’ टिम सँग टी-२० श्रृंखला खेल्ने भएको छ । यस वर्षको डिसेम्बर अर्थात् मङ्सिर महिनामा तीन खेलको टी-२० श्रृंखला खेल्ने पक्का भएको छ ।
नेपाल क्रिकेट संघको आयोजनामा कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र भारत ‘ए’ बिच तीन खेलको टी-२० श्रृंखला आयोजना हुने क्यानले बताएको छ । उक्त श्रृंखला डिसेम्बर ९, ११ र १३ तारिखमा सञ्चालन हुने तय भएको छ ।
यस श्रृङ्खलाको लागि स्कटल्याण्डमा सम्पन्न आइसिसी सम्मेलनमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द, सचिब पारस खड्का र भारतीय क्रिकेट बोर्डका सचिव देभजीत साइकिया बिचको बैठकले नेपालमा टी-२० श्रृंखला खेलाउने निर्णय गरेको बताइएको छ ।