रुकुम पश्चिम -७, असार ।
Advertisement
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ । पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा घन्टी बजाएर दिउँसो २ बजे महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रथम महाधिवेशनमा सहभागी हुन देशैभरका प्रतिनिधिहरू चितवनमा जमघट हुँदैछन् । उक्त महाधिवेशनमा ३ हजार ५ सय प्रतिनिधिहरू सहभागी हुने रास्वपाले जनाएको छ ।
उद्घाटन सत्रको कार्यक्रमपछि बन्द सत्र हुने र त्यसपछि विद्युतीय प्रणाली मार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ । निर्वाचन कार्यक्रम अन्तर्गत पहिलो चरणमा एकजना सभापति र ९९ जना केन्द्रीय सदस्यको लागि निर्वाचन हुनेछ ।
निर्वाचित सदस्यबाट मात्रै केन्द्रीय पदाधिकारीको निर्वाचन गरिने रास्वपाले बताएको छ ।