रुकुम पश्चिम -१३, वैशाख ।
आठविसकोट नगरपालिका -१३, का ९ वर्षीय बालक एलिस पुनको उपचारमा आर्थिक अभाव भएको छ । भारतको दिल्ली स्थित एम्स अस्पतालमा उपचाररत पुनलाई आर्थिक अभाव भएको परिवारले बताएको छ ।
बोनम्यारोबाट (शरीरको हड्डीभित्र भएको नरम भाग) पीडित पुन लामो समयदेखि उपचारमा रहेकाले आर्थिक अभाव देखिएको बुवा बिमलराज पुनले बताए । बिमलका अनुसार आठविसकोट नगर हस्पिटलदेखि कान्ति बाल अस्पताल काठमाडौँ हुँदै हाल दिल्लीमा एलिसको उपचार भइरहेको छ ।
उपचारको सिलसिलामा घरमा भएको सबै रकम सकिएको र आर्थिक अवस्था पनि एकदमै कमजोर भएकाले यो बेला सहयोगीको आवश्यकता परेको बताइएको छ ।
दिल्लीको एम्स अस्पतालले आगामी साता उपचाररत एलिसको बाँकी रिपोर्ट आउने जानकारी दिएको छ । यदि उक्त रिपोर्टमा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने अवस्था आएमा लाखौं रकम खर्च हुने भएकाले मनकारी दातासँग परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।
सहयोगका लागि एलिसको बुवा बिमलराज पुनको खाता नम्बरमा सहयोगी दाताले थोरै भएपनि सहयोग रकम पठाउन सक्नुहुनेछ ।
खातावालाको नाम – बिमलराज पुन
खाता नम्बर – २६०७०३८०५०१०००१८
बैंक – प्रभु बैंक, आठविसकोट ।