• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

मुसिकोटमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

लोकप्रिय समाचार

  • १. होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

  • २. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • ३. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ४. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ५. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ६. मुसिकोटमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

पुथा उत्तरगंगा गाउँपालिकामा सामुदायिक रूपान्तरण परियोजना सञ्चालन हुँदै 

"एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न  "

रुकुम पश्चिम -४, चैत ।

Advertisement

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरामा सामुदायिक रूपान्तरण परियोजना अन्तर्गतको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युएमएन कर्णाली प्रदेश सुर्खेत र नेपाल जनजागरण मञ्च रुकुम पश्चिम क्लष्टरको साझेदारीमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

 

कार्यक्रममा जनजागरण मञ्चका कर्मचारी सहित ४२ जनाको सहभागिता रहेको अध्यक्ष टेकबहादुर कुसारीले बताए । उनका अनुसार अभिमुखीकरण कार्यक्रममा परियोजना अधिकृत हस्तबहादुर भाग्रीले सञ्चालनको तयारीमा रहेको परियोजनाको विषयवस्तुमा प्रस्तुतीकरण राखेका थिए ।

 

अभिमुखीकरण कार्यक्रममा पालिकाका सबै वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको उपस्थिति रहेको बताइएको छ ।

 

यस सामुदायिक रूपान्तरण परियोजना पुथा उत्तरगंगा गाउँपालिकामा सञ्चालन हुने बताइएको छ । परियोजनाको कुल लागत १ करोड ३२ लाख १८ हजार ९ सय रहेको छ ।

 

परियोजनाले विशेषगरी मानसिक स्वास्थ्य समस्याको दिगो व्यवस्थापनमा केन्द्रित रहेर समुदायमा सचेतना अभिवृद्धि, आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, विद्यार्थी तथा धार्मिक अगुवाको क्षमता विकास गर्ने लक्ष्य राखेको छ ।

 

त्यस्तै मानसिक स्वास्थ्य सम्बन्धी सेवा सुदृढीकरण, औषधि तथा उपकरण सहयोग, प्रभावित व्यक्तिलाई आयआर्जनमा सहयोग, स्वास्थ्य संस्थाको सुदृढीकरण तथा नीति निर्माण र पैरवीमा समेत सहयोग गर्ने कार्यक्रम रहेको छ ।

 

परियोजनाका लक्ष्य, उद्देश्य, क्रियाकलाप तथा रणनीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय सरकारले सरकारी कार्यक्रमसँग एकीकृत गरी कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

 

नेपाल जनजागरण मञ्चका सामाजिक परिचालक पृथ्वीबहादुर छन्त्यालले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष टेक बहादुर कुसारीले गरेका थिए । पुथा उत्तरगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव विकको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संस्थाका आजीवन सदस्य थल बहादुर शेरचनले स्वागत मन्तव्य राखेको जनाइएको छ ।

बुधबार, चैत ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मुसिकोटमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण
कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

लोकप्रिय

  • १.
    होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

  • २.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • ३.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ४.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ५.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ६.
    मुसिकोटमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

भर्खरै

  • १.
    मुसिकोटमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • २.
    होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

  • ३.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • ४.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ५.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ६.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ७.
    आज बडा दसैँ

  • ८.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.