• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

लोकप्रिय समाचार

  • १. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ५. होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

अबदेखि म सबैको साझा प्रतिनिधि हुँ : गोपाल शर्मा


रुकुम पश्चिम -२४, फागुन ।

Advertisement

रुकुम पश्चिमबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोपाल शर्मा अनलले अबदेखि आफू सबैको साझा प्रतिनिधि भएको बताएका छन् । फागुन २१ गतेको निर्वाचन मत परिणामपछि विजयी बनेका शर्माले मुसिकोटमा आज आयोजित विजयी सभामा बोल्दै सबै रुकुमेलीको प्रतिनिधि भएको बताएका हुन् ।

 

उनले फागुन २१ गतेसम्म मात्रै आफू उम्मेदवारको रूपमा प्रतिस्पर्धी भएको, तर आजदेखि पाँच वर्षसम्मका लागि सबै राजनीतिक दल र आम रुकुमेलीको साझा प्रतिनिधि भएको बताए । सभामा बोल्दै शर्माले पाँच वर्षको अवधिमा रुकुमेली जनताको समृद्धि र विकासका लागि आफूले इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

 

जनताले नै चुनेर संघीय सांसदको प्रतिनिधि बनाएकाले जनताकै सुझाव र सल्लाह अनुसार काम गर्ने शर्माको भनाइ छ । काम गर्ने सिलसिलामा कतै गल्ती भएमा रुकुमेली जनताको साथ र ध्यानाकर्षणलाई सिरोपर गर्दै रुकुमको शिर ठाडो बनाउने काम गर्ने नवनिर्वाचित सांसद शर्माले प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

त्यस्तै उनले गोपाल शर्मा कुनै प्रभावशाली व्यक्ति नभएको, तर जनताले पार्टीलाई रोजेको र त्यो पार्टीले नै जनताको सेवा गर्ने विश्वास व्यक्त गरेका छन् । कम्युनिस्ट पार्टीको विचार र सिद्धान्तमा रहेर आगामी पाँच वर्षको कार्यकालभर रुकुमको कृषि उत्पादन मार्फत रोजगारी सिर्जना गर्ने कुरामा आफ्नो भूमिका रहने बताए ।

 

रुकुम पश्चिमबाट नेपाली कम्युनिष्ट पार्टीबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका शर्माले २१ हजार ६ सय ९ मत प्राप्त गरेका हुन् ।

 

उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजु केसीलाई ४ हजार ९ सय ४८ मतले पछि पारे । कांग्रेस उम्मेदवार केसीले १६ हजार ६ सय ६१ मत प्राप्त गरे ।

 

फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुकुम पश्चिममा ६२ हजार ५ सय ३९ मत खसेको थियो । कुल ५९ हजार ५ सय २३ मत सदर हुँदा ३ हजार १६ मत बदर भयो । यसपटकको निर्वाचनमा रुकुम पश्चिमबाट १२ जना उम्मेदवारले उम्मेद्वारी दर्ता गराएका थिए ।

 

कूल १ लाख ६ हजार ६ सय ६६ मतदाता रहेको रुकुम पश्चिममा ५९ दशमलव ०३ प्रतिशत मत खसेको थियो ।

 

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फको मतगणना गए राती सार्वजनिक गरिएको थियो । समानुपातिक तर्फको मत गणना भने जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

आइतबार, फागुन २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण
कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ

लोकप्रिय

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ५.
    होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

भर्खरै

  • १.
    होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

  • २.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ५.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ६.
    आज बडा दसैँ

  • ७.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ८.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.