चिना बराल
रुकुम पश्चिम -२१, फागुन ।
Advertisement
सानीभेरी गाउँपालिका -४ स्थित सानीभेरी माध्यमिक विद्यालयमा मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ ।
मतदान केन्द्र ‘क’ मा मतदान अधिकृत कृष्ण बहादुर खत्री र मतदान केन्द्र ‘ख’ मा मतदान अधिकृत तेज बहादुर खत्री को नेतृत्वमा मतदान प्रक्रिया सञ्चालन भइरहेको छ ।
दिउँसो १२ बजेसम्म कुल ४ सय १९ मत खसेको निर्वाचन अधिकृतले जनाएका छन् । जसअनुसार पुरुष २ सय १९ र महिला २ सय मतदाता मतदानमा सहभागी भएका छन् ।
मतदान केन्द्रमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ । हालसम्म मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा अगाडि बढिरहेको जनाइएको छ ।