रुकुम पश्चिम -२१, फागुन ।
Advertisement
प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले पहिलो मतदाताको रुपमा मत खसालेका छन् । रुकुम पश्चिमबाट उम्मेदवार बनेका शर्माले मुसिकोट नगरपालिका -५ स्थित यमुनानन्द नमुना मावि सेरीगाउँको ‘क’ केन्द्रबाट मत खसालेका हुन् ।
मतदानपछि शर्माले आजको मतदान उत्साहपूर्ण रहेको बताएका छन् ।
नेपाल सरकारका पूर्वमन्त्री समेत रहेका शर्माले पहिलो पटक गठन भएको प्रलोपाको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेद्वारी दिएका छन् ।