• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

नेपालले आज नेदरल्यान्डसँग खेल्दै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

लोकप्रिय समाचार

  • १. बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २. कविता – ‘उदेक लाग्छ’

  • ३. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ९. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

"एकहजार ८ सय ५० जना किशोरीलाई खोप लगाउने लक्ष्य "

रुकुम पश्चिम -२२, माघ ।

Advertisement

रुकुम पश्चिममा पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध नियमित एचपीभी खोप सञ्चालन हुने भएको छ । विद्यालय तहमा अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरेर एचपीभी खोप सञ्चालन गर्न लागिएको हो ।

स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक जीवन परियारका अनुसार माघ २७ देखि फागुन १ गतेसम्म एचपीभी खोप सञ्चालन हुने कार्यक्रम निश्चित गरिएको छ । नियमित कार्यक्रम अन्तर्गत जिल्ला भरका एकहजार ८ सय ५० जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

जसमध्ये विद्यालयमा अध्ययनरत एकहजार ७ सय ७९ र विद्यालय नजाने ७१ जना किशोरी रहेका छन् । एचपीभी खोप सञ्चालनका लागि एकसय २८ विद्यालय र ७६ स्वास्थ्य संस्थालाई केन्द्रको रूपमा प्रयोग गरिने बताइएको छ । विद्यालयमा दिइने एचपीभी खोप कार्यक्रममा एकसय २८ जना स्वास्थ्यकर्मी खटिने भएका छन् । तर विद्यालयमा छुट भएका किशोरीका लागि भने स्वास्थ्य संस्थाबाटै उक्त खोप दिने व्यवस्था मिलाइएको छ ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत नेपाल सरकारको उच्च प्राथमिकतामा प्राप्त यो अभियानले अपाङ्गता दर र मृत्युदर कम गर्ने लक्ष्य राखेको छ । पाठेघरको मुखको क्यान्सर नियन्त्रण गर्न नेपाल सरकारले २०३० सम्म ९० प्रतिशत खोप लगाउने लक्ष्य राखेको छ ।

उक्त लक्ष्य पूरा गर्न सरकारले गत वर्षदेखि विद्यालय तहमा पुगेर अभियानकै रूपमा पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध नियमित एचपीभी खोप कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

रुकुम पश्चिममा माघ २७ देखि सुरु हुने पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध नियमित एचपीभी खोप सम्बन्धी जानकारी दिन आज मुसिकोटमा एक अभिमुखीकरण बैठक सम्पन्न गरिएको छ । स्वास्थ्य सेवा कार्यालयले आयोजना गरेको बैठकमा जिल्ला खोप समन्वय समिति र सञ्चारकर्मी लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

बिहिबार, माघ २२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ
नेपालले आज नेदरल्यान्डसँग खेल्दै
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

लोकप्रिय

  • १.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २.
    कविता – ‘उदेक लाग्छ’

  • ३.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

  • ३.
    नेपालले आज नेदरल्यान्डसँग खेल्दै

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ६.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ७.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ८.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.