• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, चैत २१, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

तुलसीराम खड्काका तीन मुक्तक

रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

आजको मौसम : हावाहुरी सहित मध्यम वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. डिजिटल युगमा साक्षरता प्रवर्धन (निबन्ध)

  • २. तुलसीराम खड्काका तीन मुक्तक

  • ३. ओली र लेखकलाई पाँच दिन हिरासतमा राखिने

  • ४. मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ५. रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ६. नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

  • ७. आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

  • ८. नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

  • ९. मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

  • १०. रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी


रुकुम पश्चिम -२१, माघ ।

Advertisement

फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देश निर्वाचनमयी बनेको छ । यतिबेला निर्वाचनको पूर्व सन्ध्यामा क्रियाशील राजनीतिक दलका उम्मेदवारहरू जन भेटघाटमा व्यस्त बनेका छन् ।

 

कहिल्यै गाउँ नपस्ने नेता र दलका उम्मेदवार अहिले भने टोल टोल र घरघरसम्म पुग्न थालेका छन् । यिनै उम्मेदवारले जनताका अगाडि चुनावी एजेन्डा र विकास निर्माणका सपना बाँडिरहेका छन् ।

 

यसैबिच रुकुम पश्चिमको चुनावी माहोल पनि निकै रोचक ढङ्गले अगाडि बढिरहेको छ । निर्वाचनका लागि ११ राजनीतिक दलबाट उम्मेदवारी दर्ता गराएका ११ जना उम्मेदवार अहिले चुनावी प्रचारप्रसार र जन भेटघाटमा व्यस्त बनिरहेका छन् । २०६४ देखि यताको निर्वाचन मत परिणामलाई आधार मान्ने हो भने साविक माओवादीको लाल किल्ला रुकुम पश्चिममा यसपटक भने त्यो खालको वातावरण छैन ।

६४ देखि ७९ सम्म चार पटक संघीय सांसद जितेका जनार्दन शर्मा अहिले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका छन् । यसकारण पनि यसपटकको निर्वाचनमा पूर्व माओवादीको दबदबामा ठेस लागेको सहजै अनुमान लगाउन सकिन्छ ।

 

माओवादी केन्द्र पार्टी लगायत १८ कम्युनिस्ट घटकहरू मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी निर्माणपछि रुकुम पश्चिमको पूर्व माओवादी जनमत तितरबितर हुने स्पष्ट नै छ । नेकपाबाट उम्मेदवार रहेका गोपाल शर्मा र प्रलोपा उम्मेदवार जनार्दन शर्मा दुई अलग पार्टीबाट उम्मेदवार बनिसकेपछि रुकुम पश्चिममा पूर्व माओवादीको खास विरासत गुमेको हो ।

 

यसकै कारण फागुन २१ को निर्वाचन निकै प्रतिस्पर्धात्मक र रोचक हुने धेरैको अनुमान छ । यही अवस्थामा निर्वाचन सम्पन्न भए कुन राजनीतिक दलका उम्मेदवारले बाजी मार्लान् अहिले नै भन्न सकिने अवस्था छैन । कतिपय राजनीतिक विश्लेषकहरूका अनुसार पूर्व माओवादी पार्टी विभक्त हुँदा यसको फाइदा नेपाली काङ्ग्रेसले लिन सक्ने अनुमान गरिएको छ । तर, काङ्ग्रेसी एकतामा पनि खास हुनुपर्ने एकता नदेखिएकाले पूर्व माओवादी, तर दुई फरक पार्टीका उम्मेदवार गोपाल र जनार्दनको नै कडा भिडन्त हुने धेरैको विश्लेषण छ ।

 

यो अनुमानको मुख्य कारण जिल्लामा नेपाली कम्युनिस्ट पार्टीको सांगठनिक र राजनीतिक जनआधार बलियो भएकाले नेकपाले जित्ने कतिपयको दाबी छ । अर्को तर्फ नेकपा एमालेले प्रगतिशील लोकतान्त्रिक पार्टीलाई समर्थन गरेकाले प्रलोपाले नै यसपटकको चुनाव जित्ने एक खालको आँकलन पनि गरिएको छ ।

 

अर्को तिर वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले समेत सम्मानजनक मत ल्याउने कतिपयको विश्लेषण छ । तर, अहिले नै उक्त दललाई प्रतिस्पर्धी दलको रुपमा धेरैले हेरेका छैनन् ।

 

यद्यपि रुकुम पश्चिममा चुनावी सरगर्मी बढिरहेका बेला उम्मेदवारहरूले भने चुनाव जित्ने तथ्याङ्कसहित आआफ्नो दाबी प्रस्तुत गरेका छन् । प्रचारप्रसार तथा जन भेटघाटमा आयोजना गरिने चुनावी सभा एवं सञ्चारमाध्यममा अभिव्यक्त भनाइ अनुसार सबै उम्मेदवारहरु चुनाव जित्नेमा ढुक्क बनेका छन् ।

 

तर यसको नतिजा रुकुम पश्चिमका जनताले फागुन २१ पछि कसलाई जिताउँछन् त्यो भने हेर्न बाँकी छ ।

 

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिम निर्वाचन क्षेत्र नम्बर -१ बाट नेपाली कम्युनिष्ट पार्टीबाट गोपाल शर्मा (अनल), प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जनार्दन शर्मा, र नेपाली कांग्रेसबाट राजु केसी उम्मेदवार बनेका छन् ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट मानबहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल खड्का र राष्ट्रिय जनमोर्चाबाट सत्य नारायण श्रेष्ठ उम्मेदवारको रुपमा निर्वाचनमा होमिएका छन् ।

 

त्यस्तै नेकपा (माओवादी) बाट चन्द्र बहादुर बुढा, उज्यालो पार्टी नेपालबाट नरेन्द्र केसी, नेकपा संयुक्तबाट शेर बहादुर केसी, आम जनता पार्टीबाट प्रेमा दमाई नेपाली र नेपाल मजदुर किसान पार्टीबाट धनबहादुर बिक चुनावी प्रतिस्पर्धामा छन् ।

 

नेकपा एमालेबाट उम्मेदवारी दर्ता गराएका नन्दराम देवकोटाले भने पार्टी केन्द्रको निर्देशन अनुसार प्रलोपालाई सघाउने निर्णयमा उम्मेदवारी निस्क्रिय गराएका छन् ।

 

रुकुम पश्चिममा यसपटक एकलाख ६ हजार ६ सय ६० मतदाताको सङ्ख्या कायम भएको छ । जसअनुसार ५४ हजार २ सय ६३ पुरुष मतदाता र ५२ हजार ३ सय ९६ जना महिला मतदाता रहेका छन् ।

 

त्यस्तै जिल्लामा ७६ मतदान स्थल र एकसय ४० मतदान केन्द्र कायम गरिएको छ ।

बुधबार, माघ २१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न
मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया
आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु
नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन
मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै
रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

लोकप्रिय

  • १.
    डिजिटल युगमा साक्षरता प्रवर्धन (निबन्ध)

  • २.
    तुलसीराम खड्काका तीन मुक्तक

  • ३.
    ओली र लेखकलाई पाँच दिन हिरासतमा राखिने

  • ४.
    मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ५.
    रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ६.
    नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

भर्खरै

  • १.
    तुलसीराम खड्काका तीन मुक्तक

  • २.
    रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ३.
    मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

  • ४.
    आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

  • ५.
    नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

  • ६.
    मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ७.
    रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ८.
    नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.