रुकुम पश्चिम -२१, मङ्सिर ।
Advertisement
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मालाई नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालो झण्डा देखाउँदै विरोध गरेका छन् । माओवादी विघटनपछि आइतबार पहिलोपटक रुकुम पश्चिम पुगेका नेता शर्मालाई पूर्व माओवादी तथा कम्युनिस्ट पार्टीका कार्यकर्ताले कालो झण्डा देखाउँदै विरोध गरेका हुन् ।
दक्षिणपन्थी अवसरवादी मुर्दाबाद भन्दै शर्माको विरोधमा नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ताले विरोध जनाएका छन् ।
विगतमा रुकुम आउँदा नेता र कार्यकर्ताको बाक्लो उपस्थितिमा भव्य स्वागत हुने गरेकोमा यसपटक भने शर्मा गृह जिल्ला प्रवेश गर्दा विरोध गरिएको छ ।
शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टीले आजदेखि रुकुम पश्चिममा पार्टी गतिविधि सञ्चालन गर्ने बताइएको छ ।