रुकुम पश्चिम -१५, मङ्सिर ।
Advertisement
नेपालले आज उपाधि भिडन्तमा युएइसँग फाइनल खेल खेल्दै छ । यूएईमा जारी एसीसी पुरुष यू -१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियनका लागि फाइनल खेल खेल्दैछ ।
फाइनल खेल आज बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ । दुवै टिम च्याम्पियन बन्ने लक्ष्यका साथ फाइनलमा भिड्ने छन् ।
फाइनलमा स्थान पक्का गर्नु अघि नेपालले मलेसियालाई ९ विकेटले हराउँदा युएईले ओमानलाई ८ विकेटले पराजित गरेको हो ।