रुकुम पश्चिम -१४, मङ्सिर ।
नेकपा एमाले रुकुम पश्चिमले एघारौँ महाधिवेशनका लागि मतदान प्रक्रियाबाट प्रतिनिधि छनोट गरेको छ । शनिबार राति सम्पन्न मतदानबाट ६ जना महाधिवेशन प्रतिनिधिमा छनोट भएका छन् ।
एमाले रुकुम पश्चिमका अनुसार ६ जना प्रतिनिधिका लागि भएको मतदानबाट खुलातर्फ नन्दराम देवकोटा र दिनेश चन्द छनौट भएका छन् । देवकोटाले २ सय ८१ र चन्दले २ सय ५४ मत प्राप्त गरे ।
त्यस्तै महिलातर्फ कौशिला केसी र हिमकुमारी केसी छनौट भएका छन् । कौशिलाले २ सय ४ र हिमकुमारीले २ सय ३ मत प्राप्त गरे ।
दलिततर्फ सशीराम नेपाली २८ (दलित तर्फको मात्रै मत) र युवातर्फ प्रकाश खड्काले १ सय ७७ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा छनौट भएका छन् ।
नेकपा एमालेको एघारौँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ । पार्टीले देशैभरबाट दुई हजार २ सय जना प्रतिनिधि छनौट गरेको छ ।