• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

लोकप्रिय समाचार

  • १. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४. होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

  • ५. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

नेपाली कम्युनिस्ट पार्टी र मातृभूमि जागरण अभियान बिच एकीकरण


रुकुम पश्चिम -२६, कात्तिक ।

Advertisement

नेपाली कम्युनिस्ट पार्टी र मातृभूमि जागरण अभियान नेपालबिच आज एकीकरणका लागि औपचारिक सहमति भएको छ । कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल तथा जागरण अभियानका संयोजक भीम रावलले सहमतिपत्रमा हस्ताक्षर गर्दै एकीकरणका लागि सहमति गरेका हुन् ।

 

देश र जनताको सर्वोपरी हित एवं सुशासन, सामाजिक न्याय र आर्थिक-सामाजिक रुपान्तरणको अभिभारा पूरा गर्ने सङ्कल्पका साथ एकीकरण प्रक्रियामा सहमत हुने सहमति पत्रमा जनाइएको छ । सात बुँदे सो सहमति पत्रमा देशभक्ति तथा समाजवादको आदर्शयुक्त, सशक्त र सुदृढ पार्टी निर्माण गर्ने भनिएको छ ।

 

यस्तो छ नेपाली कम्युनिस्ट पार्टी र मातृभूमि जागरण अभियान बीच एकीकरणका लागि तयार पारिएको सहमति पत्र ।

 

(१) नेपाल र नेपाली जनताको सर्वोपरी हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै वाह्य हस्तक्षेप र दवावबाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृतिको मार्गमा अग्रसर रहने ।

(२) समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक-सामाजिक रुपान्तरण र समृद्धिको लागि कटिबद्ध रहने ।

(३) आगामी ६ महिना भित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने । महाधिवेशनको मिति र स्थान सचिवालयले यथाशीघ्र निर्धारण गर्ने । सबै तहमा र मातृभूमि जागरण अभियान, नेपाल अन्तर्गत विभिन्न तहमा क्रियाशील व्यक्तिहरुलाई नेपाली कम्युनिष्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिले समायोजन गर्ने ।

(४) नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमी जागरण अभियान, नेपालका संयोजक डा. भीम रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिवाट टुंगो लगाउने ।

(५) पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रम लगायतका दस्तावेजहरु आपसमा मिलेर तयार गर्ने ।

(६) पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने । सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुशरण गरिने ।

(७) पार्टी एकीकरणको लागि विभिन्न तहमा आवश्यकता अनुसार कार्यदल गठन गर्ने ।

बुधबार, कार्तिक २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण
कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ

लोकप्रिय

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

  • ५.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

  • २.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ५.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ६.
    आज बडा दसैँ

  • ७.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ८.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.