• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७. एनभिएलमा आज दुई खेल हुँदै

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

भानु जयन्तीको अवसरमा अन्तर माध्यमिक विद्यालयस्तरीय कविता प्रतियोगिता

"सिम्रुतु माविकी मेनुका ओली प्रथम "

रुकुम पश्चिम -२९, असार ।

Advertisement

रुकुम पश्चिममा भानु जयन्तीको अवसरमा आयोजना गरिएको अन्तर माध्यमिक विद्यायस्तरीय कविता प्रतियोगितामा सिम्रुतु माविकी मेनुका ओली प्रथम भएकी छन् । २ सय १२ औँ भानु जयन्तीको अवसरमा आयोजित कविता प्रतियोगितामा ३८ जना प्रतिस्पर्धीमा ७२.५ अङ्क प्राप्त गरी कक्षा १२ मा अध्ययनरत ओली प्रथम भएकी हुन् ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमले आयोजना गरेको प्रतियोगितामा साधारण मावि मुरुडाँडा, कक्षा १० मा अध्ययनरत चाहना पुन ७२ अङ्कका साथ द्वितीय र अन्धनाशक मावि खुम्चेरी कक्षा ११ मा अध्यनरत चेतन खड्का ६८.५ अङ्कका साथ तृतीय भएको परिषद्का अध्यक्ष मनलाल ओलीले बताए ।

प्रतियोगितामा बाल शिक्षा मावि गैरिनेटा, कक्षा १० मा अध्यनरत जेरी डाँगीले ६८ अङ्क र ६७ अङ्क सहित प्रकृति ओली सान्त्वना भएका छन् ।

प्रथम स्थान देखि सान्त्वना हुनेलाई विभिन्न व्यक्तित्वले पुरस्कारको रुपमा शैक्षिक सामग्री प्रदान गरेका छन् । प्रथम स्थानका लागि सिम्रुतु क्याम्पसका उपप्राध्यापक चन्द्रा ओली, द्वितीय स्थानका लागि देवकुमार ओली ‘साहित्यप्रेमी’, तृतीय स्थानका लागि कर्ण बहादुर बोहरा र सान्त्वनाका लागि डिल्ली बहादुर मल्लले पुरस्कारको व्यवस्था गरेको बताइएको छ ।

कविता प्रतियोगितामा त्रिवेणी गाउँपालिकाका १० वटा माध्यमिक विद्यालयबाट ३८ जनाको सहभागिता रहेको बताइएको छ ।

त्रिवेणी माध्यामिक विद्यालय सिम्रुतुमा आयोजित कविता प्रतियोगिताको मूल्याङ्कन साहित्यकार गिरी प्रसाद बुढा, मुकन्द शर्मा र शसिराम घर्तीले गरेका थिए ।

परिषद्का अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा आयोजित कविता प्रतियोगितामा त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश कुमार केसीको प्रमुख आतिथ्यता तथा नेपाल सरकारका पूर्व सचिव भरतकुमार शर्मा, साहित्यकार गिरिप्रसाद बुढा र रुकुमेली बाङमय अधिष्ठानका सचिव पूर्ण ओलीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा भानु विशेष कार्यपत्र समालोचक मुकुन्द प्रसाद शर्मा प्रस्तुत गरेका थिए ।

राप्ती साहित्य परिषद्का सचिव ओमबहादुर खत्रीको सञ्चालनमा सम्पन्न कविता प्रतियोगितामा शिक्षक, विद्यार्थी, साहित्यकार, पत्रकार लगायतको उपस्थित रहेको जनाइएको छ ।

आइतबार, असार २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.