• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

लोकप्रिय समाचार

  • १. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ५. होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

भानु जयन्तीको अवसरमा अन्तर माध्यमिक विद्यालयस्तरीय कविता प्रतियोगिता

"सिम्रुतु माविकी मेनुका ओली प्रथम "

रुकुम पश्चिम -२९, असार ।

Advertisement

रुकुम पश्चिममा भानु जयन्तीको अवसरमा आयोजना गरिएको अन्तर माध्यमिक विद्यायस्तरीय कविता प्रतियोगितामा सिम्रुतु माविकी मेनुका ओली प्रथम भएकी छन् । २ सय १२ औँ भानु जयन्तीको अवसरमा आयोजित कविता प्रतियोगितामा ३८ जना प्रतिस्पर्धीमा ७२.५ अङ्क प्राप्त गरी कक्षा १२ मा अध्ययनरत ओली प्रथम भएकी हुन् ।

 

राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमले आयोजना गरेको प्रतियोगितामा साधारण मावि मुरुडाँडा, कक्षा १० मा अध्ययनरत चाहना पुन ७२ अङ्कका साथ द्वितीय र अन्धनाशक मावि खुम्चेरी कक्षा ११ मा अध्यनरत चेतन खड्का ६८.५ अङ्कका साथ तृतीय भएको परिषद्का अध्यक्ष मनलाल ओलीले बताए ।

 

प्रतियोगितामा बाल शिक्षा मावि गैरिनेटा, कक्षा १० मा अध्यनरत जेरी डाँगीले ६८ अङ्क र ६७ अङ्क सहित प्रकृति ओली सान्त्वना भएका छन् ।

 

प्रथम स्थान देखि सान्त्वना हुनेलाई विभिन्न व्यक्तित्वले पुरस्कारको रुपमा शैक्षिक सामग्री प्रदान गरेका छन् । प्रथम स्थानका लागि सिम्रुतु क्याम्पसका उपप्राध्यापक चन्द्रा ओली, द्वितीय स्थानका लागि देवकुमार ओली ‘साहित्यप्रेमी’, तृतीय स्थानका लागि कर्ण बहादुर बोहरा र सान्त्वनाका लागि डिल्ली बहादुर मल्लले पुरस्कारको व्यवस्था गरेको बताइएको छ ।

 

कविता प्रतियोगितामा त्रिवेणी गाउँपालिकाका १० वटा माध्यमिक विद्यालयबाट ३८ जनाको सहभागिता रहेको बताइएको छ ।

 

त्रिवेणी माध्यामिक विद्यालय सिम्रुतुमा आयोजित कविता प्रतियोगिताको मूल्याङ्कन साहित्यकार गिरी प्रसाद बुढा, मुकन्द शर्मा र शसिराम घर्तीले गरेका थिए ।

 

परिषद्का अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा आयोजित कविता प्रतियोगितामा त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश कुमार केसीको प्रमुख आतिथ्यता तथा नेपाल सरकारका पूर्व सचिव भरतकुमार शर्मा, साहित्यकार गिरिप्रसाद बुढा र रुकुमेली बाङमय अधिष्ठानका सचिव पूर्ण ओलीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा भानु विशेष कार्यपत्र समालोचक मुकुन्द प्रसाद शर्मा प्रस्तुत गरेका थिए ।

 

राप्ती साहित्य परिषद्का सचिव ओमबहादुर खत्रीको सञ्चालनमा सम्पन्न कविता प्रतियोगितामा शिक्षक, विद्यार्थी, साहित्यकार, पत्रकार लगायतको उपस्थित रहेको जनाइएको छ ।

आइतबार, असार २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण
कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ

लोकप्रिय

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ५.
    होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

भर्खरै

  • १.
    होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

  • २.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ५.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ६.
    आज बडा दसैँ

  • ७.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ८.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.