रुकुम पश्चिम -२२, असार ।
Advertisement
भोजपुरको रामप्रसाद राई गाउँपालिका -२, धोद्लेखानीमा एकै घरका चार जना सदस्यको हत्या भएको छ ।
भोजपुर नगरपालिका -२, हेलौछा बस्ने ज्वाइँ नाता पर्ने राजेन्द्र राईले ससुराली घरका सासु, ससुरा, श्रीमती र सालोको सामूहिक हत्या गरेका हुन् । हत्यापछि आफु पनि छुरा प्रहार गरी उनी घाइते भएका छन् ।
भोजपुर प्रहरीका अनुसार राईले ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मन्जु गिरी, १५ वर्षीया श्रीमती मनिषा गिरी र नौ वर्षीय सालो सयन गिरीको हत्या गरेका छन् ।
घटना घरायसी द्वन्द्वका कारण हुन सक्ने प्रहरीको अनुमान छ ।