• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

मुसिकोटमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

लोकप्रिय समाचार

  • १. होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

  • २. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • ३. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ५. मुसिकोटमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

पत्रकार महासंघ र संघ-संगठनले गरे देविका हत्याको कडा निन्दा


रुकुम पश्चिम -२१, असार ।

Advertisement

रुकुम पश्चिमको चौरजहारीमा असार १७ गते भएको देविका हत्याको विषयलाई लिएर नेपाल पत्रकार महासंघ र क्रियाशील संघ-संगठनले कडा शब्दमा निन्दा गरेका छन् । महासंघ र जिल्लाका चारवटा पत्रकार संघ-संगठनले आज एक सामूहिक प्रेस विज्ञप्ति मार्फत जघन्य हत्याको निन्दा गरेका हुन् ।

महिला माथि हुने हिंसात्मक घटनालाई सामाजिक, कानुनी र नैतिक हिसाबले पूर्ण अस्वीकार गर्दै महासंघ र संघ-संगठनले न्यायिक प्रक्रिया मार्फत दोषीलाई आजीवन काराबासको सजाय दिलाउन माग गरेका छन् । पीडित परिवारलाई शीघ्र न्यायका लागि सरकारसंग जोडदार अपिल गर्दै उक्त घटनाप्रति महासंघ र संघ-संगठनले परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

 

यसैगरी पत्रकारिताको धर्मअनुसार अपराधजन्य घटनाको सूचनामूलक र तथ्यमा आधारित भएर समाचार सम्प्रेषणमा सञ्चार माध्यमलाई गम्भीर हुन आग्रह गरिएको छ । देविका हत्याको घटनालाई लिएर केही सामाजिक सञ्जाल र सञ्चार माध्यमले पीडित परिवारको गोपनियता भावनात्मक अवस्था र सम्मानलाई ख्याल नगरिएको पाइएको छ । यस्तो संवेदनशील अवस्थामा पीडितको तस्बिर र व्यक्तिगत विवरण ख्याल नगरी प्रकाशन तथा प्रसारण नगर्न विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।

 

त्यस्तै पत्रकार महासंघ र संघ संगठनले यस्ता संवेदनशील घटनाको समाचार सम्प्रेषण मर्यादित र तथ्यपरक भएर मात्र गर्न आग्रह गरेको छ । साथै देविका घटनाका सन्दर्भमा अमानवीय गतिविधि गर्ने र पत्रकार आचारसंहिता विपरीत कार्य गर्नेलाई
प्रेस काउन्सिल नेपालले अनुगमन र कारबाही गर्नुपर्ने विज्ञप्तिमा भनिएको छ ।

चौरजहारी नगरपालिकाकी ३० वर्षीया देवीका बुढाथोकीलाई उनकै श्रीमान चन्द्रबहादुर बुढाथोकीले खुकुरी प्रहार गरेर हत्या गरेका थिए । सोही जघन्य घटनालाई लिएर जिल्ला स्थित पत्रकार महासंघ र क्रियाशील चार संघ संगठनले सो घटनाको विरोध गर्दै सामूहिक विज्ञप्ति निकालेका हुन् ।

शनिबार, असार २१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मुसिकोटमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण
कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

लोकप्रिय

  • १.
    होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

  • २.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ५.
    मुसिकोटमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

भर्खरै

  • १.
    मुसिकोटमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • २.
    होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

  • ३.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • ४.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ५.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ६.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ७.
    आज बडा दसैँ

  • ८.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.