• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

नेपालले ओमानलाई दियो दुईसय ६४ रनको लक्ष्य  

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

एसइईमा ए प्लस प्राप्त नौजना विद्यार्थीलाई जेहेन्दार छात्रवृत्ति


रुकुम पश्चिम -१६, असार ।

Advertisement

रुकुम पश्चिमको संस्थागत विद्यालय विजयश्वरी बोर्डिङ स्कुलले यस वर्षदेखि एसइईमा ए प्लस प्राप्त गर्ने नौ जना विद्यार्थीलाई जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने भएको छ । रुकुम पश्चिमको ६ वटा पालिका र रुकुम पूर्वको तीनवटा गरी नौ वटा पालिकाका एक/एकजना विद्यार्थीलाई जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

 

विजयश्वरी बोर्डिङका प्रिन्सिपल जयबहादुर थापाका अनुसार ३.६० भन्दा माथि जिपिए ल्याउने एकएक जनालाई पालिकाको सिफारिसमा छात्रवृत्ति प्रदान गरिनेछ । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ र १२ मा निःशुल्क रुपमा अध्ययन गर्न पाउनेछन् । यस स्कुलले ती विद्यार्थीबाट कुनै पनि शुल्क नलिने गरी निर्णय गरिएको प्रिन्सिपल थापाले बताए ।

 

जेहेन्दार छात्रवृत्ति घोषणा गरी नौ जना विद्यार्थीलाई निःशुल्क रुपमा पढ्ने वातावरण तय गरेकाले सो विद्यालय कर्णालीकै पहिलो संस्थागत विद्यालय भएको यस स्कुलले दाबी गरेको छ ।

 

बोर्डिङ स्कुलको यो निर्णयले रुकुम पश्चिम र रुकुम पूर्व जिल्लाका नौ वटा पालिकाका नौ जना जेहेन्दार विद्यार्थीलाई निःशुल्क अध्ययनमा सहज हुने भएको छ ।

अतिरिक्त क्रियाकलापमा विजेता हुनेलाई छुटको व्यवस्था

यसैगरी यहाँको बोर्डिङ स्कुलले अतिरिक्त क्रियाकलापमा विजेता हुने विद्यार्थीलाई छुटको व्यवस्था गरेको छ । पालिका देखि राष्ट्रिय स्तरका अतिरिक्त क्रियाकलापमा विजेता हुने विद्यार्थीलाई गत वर्षदेखि छुटको व्यवस्था गरेको छ ।

 

प्रिन्सिपल थापाले अतिरिक्त क्रियाकलापका विभिन्न विधा अन्तर्गत स्वर्ण पदक विजेतालाई पूर्ण रूपमा अध्ययन गर्न पाउने छुटको व्यवस्था गरिएको बताए ।

 

त्यसैगरी रजत पदक विजेतालाई ५० प्रतिशत छुट र कास्यपदक विजेतालाई २५ प्रतिशत छुट गरिएको छ । सो छुट मासिक शुल्कका रुपमा लागू हुने गरी व्यवस्था गरिएको बोर्डिङ स्कुलले बताएको छ ।

सोमबार, असार १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी
कखरा डटकम सातौँ वर्षमा प्रवेश 

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ४.
    आज बडा दसैँ

  • ५.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ६.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ७.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

  • ८.
    रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.