रुकुम पश्चिम -१३, असार ।
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गरिएको छ । परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
गत बर्षको तुलना भन्दा यसवर्षको नतिजामा उल्लेख्य सुधार देखिएको छ । गत बर्ष ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडेड हुन सफल भएकामा यस पटक ६१.८१ प्रतिशत ग्रेडेड भएका छन् । गत बर्ष भन्दा उतिर्ण हुने नतिजा बढेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
परीक्षा नियन्त्रण कार्यालयले नियमिततर्फ ४ लाख ३८ हजार ८ सय ९६ जना मध्ये ४८ हजार १ सय ७७ जनाले ३.६ देखि ४ जिपिए ल्याएका छन् ।
८१ हजार ३ सय ८५ जनाले ३.२ देखि ३.६ जिपिए, ८९ हजार १ सय २४ जनाले २.८ देखि ३.२ जिपिए र ४८ हजार ४ सय ७९ जनाले २.४ देखि २.८ जिपिए ल्याएका छन् ।
त्यस्तै २ देखि २.४ जिपिए ल्याउनेमा ४ हजार १ सय २६ जना, १.६ देखि २ जिपिएमा ८ जना परीक्षार्थी रहेको परीक्षा नियन्त्रण कार्यालयले बताएको छ । १ सय २६ जनाको भने रद्द गरिएको छ ।
यसवर्ष सवैभन्दा बढी गणित शिक्षमा ननग्रेड भएका छन । नन ग्रेडड विद्यार्थीहरूले साउन २९ गतेदेखि मौका परीक्षा दिन पाउने ब्यवस्था गरिएको बोर्डले जनाएको छ ।
असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्नेगरी कार्यतालिका बने पनि चैत २० गतेदेखि वैशाख १७ गतेसम्म शिक्षकको सडक आन्दोलनका कारण नतिजा प्रकाशनमा ढिलाई भएको थियो ।
२०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा देशभरबाट पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।
नतिजा कसरी हेर्ने?
माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजासम्बन्धी विवरण SMS, IVR तथा Website मा हेर्ने सकिने ब्यवस्था बोर्डले गरेको छ ।
SMS का लागि
१६००
३५००१
३१००३
३४४५५
३४९४९
नतिजा हेर्ने Website हरु
रा.प. बोर्ड, परीक्षा नियन्त्रण कार्यालय
www.see.gov.np
राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी
www.neb.gov.np
नेपाल टेलिकम
www.see.ntc.net.np