रुकुम पश्चिम -१९, जेठ ।
Advertisement
विश्वकप लिग टु क्रीकेट अन्तर्गत आज नेपाल र स्कटल्यान्ड खेल्दै छन् । चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै छन् ।
खेल स्कटल्यान्डको डुन्डेमा रहेको फोर्थहिल क्रिकेट मैदानमा नेपाली समय अनुसार आज दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट सिरिज हो । लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँनेछ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।
नेपाल १२ खेलमा ६ अंकका साथ लिग तालिकाको अन्तिममा रहेको छ । लिग टुको चौथो राउन्डमा नेपाल सहित स्कल्यान्ड र नेदरल्यान्ड भिड्ने छन् ।
मुख्य प्रशिक्षक स्टुआर्ट लको नेतृत्वमा नेपाली टोलीले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।