• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७. एनभिएलमा आज दुई खेल हुँदै

  • ८. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

कलम बोक्ने सिपाही कृष्ण सेन ‘इच्छुक’ शब्द, विचार र बलिदानको प्रतीक


रुकुम पश्चिम -१३, जेठ ।

Advertisement

“कलम बोक्ने चेतनाको सिपाही” भन्ने शब्द आज पनि नेपाली चेतनामा झङ्कृत हुन्छ । त्यो चेतना कृष्ण सेन ‘इच्छुक’ को थियो । एक यस्तो व्यक्तित्व जसले कलमलाई हतियार बनाए, विचारलाई आन्दोलनमा रूपान्तरण गरे, अनि जीवनलाई देशका निम्ति उत्सर्ग गरे ।

आज जेठ १३, इच्छुकको हत्या भएको २३ वर्ष पूरा भयो । तर उनका कविता, विचार र क्रान्तिप्रतिको प्रतिबद्धता अझै जीवित छन्-सबल, सजीव र समयभन्दा माथि ।

भारतको देहरादूनदेखि नेपाली क्रान्तिसम्म

वि.सं. २०१३ कात्तिक -३ मा भारतको देहरादूनमा यमबहादुर सेन र भीमकुमारी सेनको कोखबाट जन्मिएका इच्छुकको बाल्यकाल सैन्य अनुशासन र साहित्यिक रुचिको संगममा बित्यो । शिक्षामा प्रवीणता पत्रमा उनले त्रिभुवन विश्वविद्यालयबाट बीएड र एमए सकेपछि जीवनलाई कलम, विचार र क्रान्तिमा समर्पण गरे ।

उनको विवाह वि.सं. २०४८ मा तक्मा केसीसँग भयो । उनीहरूकी एक छोरी छिन् । तर पारिवारिक सान्त्वना भन्दा बढी उनलाई आकषिर्त गर्‍यो सामाजिक अन्यायविरुद्धको सङ्घर्षले ।

कविता: पीडा र प्रतिरोधको स्वर

उनका रचनाहरू कवितामात्र होइन, त्यो समयको दस्तावेज थिए । मित्रमणि आचार्यको हत्या पछि लेखिएको ‘शोकाञ्जली’ संग्रह होस् या इतिहास र क्रान्तिको साक्षी ‘इतिहासको यस घडीमा’, उनका शब्दहरूमा क्रान्ति बोल्थ्यो ।

पछि जेलमा लेखिएको ‘बन्दी र चन्द्रागिरि’ ले उनलाई क्रान्तिकारी कविताको अग्रपंक्तिमा पुर्‍यायो । उनी कवितालाई गीतमा ढाल्न सक्नेगरी लेख्थे। सरल भाषा, तर गहिरा विचार। त्यही कारण उनका रचनाहरू जनतासँग बोल्थे, मन छुन सक्थे ।

पत्रकारिता: विचारको युद्धभूमि

इच्छुकको अर्को शसक्त परिचय थियो-पत्रकारिता । ‘जनादेश’ साप्ताहिक, ‘जनदिशा’ दैनिक, र ‘कलम’ त्रैमासिक उनका वैचारिक युद्धभूमि थिए । उनी प्रगतिशील पत्रकारिताका अगुवा थिए । जनताको आवाज बन्ने साहस उनीसँग थियो । अत्याचार, भ्रष्टाचार र दमनको विरुद्धमा कलम चलाउने जोखिम उनलाई थाहा थियो, तर डर थिएन ।

राजनीतिः नेतृत्व र नम्रताको पाठ

राजनीतिमा उनी अखिल (क्रान्तिकारी) दाङका संस्थापक अध्यक्ष थिए । पछि अनेरास्ववियुका संयोजक हुँदै नेकपा (माओवादी) को राप्ती अञ्चल ब्युरो सचिव बने। तर, पदप्रति उनी मोह नभएको उदाहरणका रूपमा कमरेड प्रचण्डले सुनाएको प्रसङ्ग उल्लेखनीय छ-जब इच्छुकले पार्टी केन्द्रको सदस्य बन्ने प्रस्ताव अस्वीकार गरे । “म जहाँ छु, ठीक छु । केन्द्रमा अरूलाई पठाउनुहोस्,” भन्ने उनलाई आजका नेताहरूले आदर्शका रूपमा लिनुपर्ने समय आएको छ ।

हत्या : अमानवीयता र प्रतिरोधको कथा

वि.सं. २०५९ जेठ ६ गते उनलाई प्रहरीले गिरफ्तार गर्‍यो । महेन्द्र पुलिस क्लबको हिरासतमा अमानवीय यातना दिँदै जेठ १३ गते उनलाई हत्या गरियो । शव कहिल्यै फेला परेन । तर इच्छुकको विचार मरेन । शब्द मरेन । सपना मरेन ।

पुरस्कार, स्मृति र प्रेरणा

उनको सम्मानमा प्रेस सेनानी पुरस्कार (२०६५), प्रगतिशील साहित्य पुरस्कार (२०६१) जस्ता सम्मानहरू प्रदान गरिए । आज ‘कृष्ण सेन अनलाइन’ नामक समाचार पोर्टलले उनको विचारलाई डिजिटल युगमा बोकिरहेको छ ।

समापन: अनुकरणीय जीवनको सन्देश

हजारौं सहिदहरूमध्ये कृष्ण सेन इच्छुक विशिष्ट छन् । उनले देखाएको बाटो, लेखेको शब्द र बाँचिएको जीवनले आजको पुस्तालाई पनि सोधिरहेको छ-के तपाईं कलमलाई हतियार बनाउन सक्नुहुन्छ ? के तपाईं विचारका लागि बोल्न सक्नुहुन्छ ? आज उनको २३औँ स्मृति दिवसमा हामी श्रद्धासुमन अर्पण गर्छौं ।

तर त्यो श्रद्धा शब्दमा मात्र सीमित नहोस् । त्यो श्रद्धा बनोस्– संघर्षको चेतना, विचारको प्रतिबद्धता, र न्यायको पक्षमा उभिने साहस ।

मङ्गलबार, जेठ १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

भर्खरै

  • १.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • २.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ५.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.