• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, जेठ १७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

ऐतिहासिक मौराखारा मेला लाग्दै

सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २. रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३. मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४. ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५. सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६. आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७. मुसिकोट -१२ को सार्वजनिक तथा समीक्षा कार्यक्रम सम्पन्न

  • ८. सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

  • ९. विपद् प्रतिकार्य सम्बन्धी पूर्व अभ्यास

  • १०. ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

संविधान रक्षाका लागि नयाँ क्रान्ति आवश्यक रहेको प्रचण्डको भनाइ

रुकुम पश्चिम -६, जेठ ।

Advertisement

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान रक्षाका लागि नयाँ क्रान्ति आवश्यक रहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत आज चौरजहारीको जनसभामा बोल्दै मुलुकमा नयाँ क्रान्ति आवश्यक रहेको बताउनुभएको हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रबाट बनेको संविधान अहिले खतरामा परेको भन्दै संघर्ष सहितको नयाँ क्रान्ति गर्नुपर्ने प्रचण्डको भनाइ छ । “अब हुने नयाँ क्रान्ति भूमिगत हुँदैन, त्यो सडक र सदनबाटै सुरु हुन्छ । जसले संविधानको रक्षा मात्रै नभएर सांस्कृतिक र आर्थिक समृद्धि कायम गर्नेछ, अध्यक्ष प्रचण्डले भने ।”

अहिले देशमा दलाल र पूँजीपतिका कारण भ्रष्टाचार मौलाउँदै गएकाले सुशासन कायम गर्न माओवादी केन्द्रले जागरण अभियान थालनी गरेको बताउनुभयो । जनतासँग माओवादी जनजागरण अभियान समाजवादको दिशा तयार गर्ने नयाँ अभियान रहेको बताउँदै यसैले समाजवादी क्रान्ति पूरा हुने प्रचण्डको भनाइ छ ।

समाजवादी क्रान्तिका लागि यो अभियानले स्वतन्त्रता सहितको आर्थिक समृद्धिलाई पनि जोड्ने भएकाले जनताका अगाडि आएको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

यसैगरी नेता प्रचण्डले अहिलेको सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्णाली, सुदूर र मधेशको पक्षमा नरहेको बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा अघिल्लो सरकारले ल्याएका लोकप्रिय नीति तथा कार्यक्रम कटौती गरेर दलाल पूँजीपतिको पक्षमा कार्यक्रमहरू ल्याएको ठोकुवा गरे ।

अध्यक्ष प्रचण्डले नेपालमा अब प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको समेत बताउनुभयो । यसबाट भ्रष्टाचारको अन्त्य भई सुशासन कायम हुने उहाँको भनाइ छ ।

मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 
ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद
रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 
मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु
सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश
आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

लोकप्रिय

  • १.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २.
    रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

भर्खरै

  • १.
    नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

  • २.
    ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

  • ३.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • ४.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ८.
    सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.