• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७. एनभिएलमा आज दुई खेल हुँदै

  • ८. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

वन डढेलो नियन्त्रणका लागि स्पष्ट कार्ययोजना बनाएर जानु पर्नेमा जोड

काठमाडौं -८, वैशाख ।

Advertisement

वन डढेलो नियन्त्रणका लागि संघदेखि स्थानीय पालिकासम्मले स्पष्ट कार्ययोजना बनाएर जानुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । ‘वन डढेलो व्यवस्थापन रणनीति २०६७ संशोधन तथा कार्ययोजना’ माथि भएको छलफलका क्रममा वक्ताहरुले पछिल्ला वर्षहरुमा वन डढेलोका घटना बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

बढ्दो डढेलो नियन्त्रणका लागि संघदेखि स्थानीय पालिकासम्मले ठोस कार्ययोजना बनाएर जानु पर्नेमा उनीहरुको जोड थियो ।

प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले गाउँघरमा गाईवस्तु पाल्ने क्रम घट्दै गएकाले वन जंगलमा इन्धन थुप्रिएका कारण वन डढेलोको जोखिम बढीरहेको बताए । नेपालले भियतनाम देखि काठ आयात गरेको तर आफ्नै वनका बलिया काठहरु खेर गइरहेका तर्फ पनि ध्यान दिनुपर्ने उनको धारणा थियो ।

कार्यकारी प्रमुख भट्टले मस्यौदामाथि आएका सुझावहरुलाई समेटेर कार्ययोजना तयार गरी छिट्टै कार्यान्वयनमा ल्याउने जानकारी दिए ।

वन तथा भू-संरक्षण विभागका पूर्व महानिर्देशक विजय राज पौडेलले संशोधन गर्नु पर्ने विषय र कार्ययोजनाका मुख्य बुँदाहरु प्रस्तुत गरेका थिए ।

मस्यौदामाथि टिप्पणी गर्ने क्रममा फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले पर्याप्त साधन स्रोत र दक्ष जनशक्तिको अभावमा वन डढेलो नियन्त्रण गर्न कठीन भइरहेको बताइन् । विभिन्न क्षेत्रबाट अनावश्यक दवाव आउँदा डढेलो लगाउने व्यक्तिलाई कारवाही गर्न नसकिएको उनको गुनासो थियो ।

यसैगरी वन डढेलो विज्ञ सुन्दर प्रसाद शर्माले वन डढेलो हेर्ने एउटा छुट्टै निकाय हुनु पर्नेमा जोड दिए । त्रिभुवन विश्वविद्यालय वातावरण केन्द्रीय विभागका प्राध्यापक रमेशराज पन्तले दिगो लक्ष्यका १७ वटा लक्ष्यहरुमध्ये ९ वटामा वन डढेलोका विषय समावेश भएको भन्दै कार्ययोजना बनाउदै गर्दा यसलाई पनि हेर्नु पर्ने धारणा राखे ।

यसैगरी सामुदायिक वन उपभोक्ता महासंघका बरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले डढेलो नियन्त्रणमा पहिलो भूमिका नै स्थानीय समुदायको हुने हुनाले समुदायलाई तालिम र साधन स्रोत उपलब्ध गराउनु पर्नेमा जोड दिए । सहभागीहरुले वन डढेलो व्यवस्थापन रणनीति निकै पुरानो भएकाले यसलाई समय सापेक्ष संशोधन गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा प्राधिकरणका सहसचिवद्वय डा. भिष्म कुमार भूसाल र अर्जुन कुमार बम, नेपाल वन प्राविधिक संघका अध्यक्ष राकेश कर्ण लगायतले पनि सुझाव राखेका थिए ।

सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.