रुकुम पश्चिम -२१, फागुन ।
Advertisement
दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ । मङ्गलबार भएको सेमिफाइनलमा अष्ट्रेलियालाई पराजित गर्दै भारत फाइनलमा पुगेको हो ।
भारतले दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै तेस्रो पटक फाइनलमा पुगेको छ । युएइको दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गरेको थियो ।
दोस्रो सेमिफाइनल खेल आज दिउँसो पौने तीन देखि न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । भारतले यी दुईको विजेतासँग उपाधिको लागि खेल्नेछ ।