रुकुम पश्चिम – १६, फागुन ।
Advertisement
पश्चिमी वायु सङ्गै आएको पश्चिमी न्यून चापीय प्रणालीका कारण कारण आज बिहानैदेखि वर्षा र हिमपात भइरहेको छ ।
देशका विभिन्न भूभागमा वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ । मौसमविद सरोज पुडासैनीका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा वर्षा र हिमपात हुने छ ।
अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र मेघ गर्जन सहित वर्षा र चट्याङको सम्भावना रहेको छ । त्यसैगरी कर्णाली प्रदेश लगायत आज रुकुम पश्चिममा पनि बिहानैदेखि वर्षा भइरहेको छ ।
यस्तो अवस्थामा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।