रुकुम पश्चिम -१९, भदौ ।
Advertisement
आजदेखि काठमाडौंमा एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) को पहिलो संस्करण सुरु हुँदैछ । भदौ २७ गतेसम्म सञ्चालन हुने पुरुष भलिबलको पहिलो फ्रेन्चाइज लिग आज देखि सुरु हुन लागेको हो ।
दिउँसो ४ बजे उद्घाटन हुने आजको खेलमा सगरमाथा स्म्यासर्स र मधेश वारियर्सले प्रतिस्पर्धा गर्नेछन् । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुनेछ ।
उद्घाटनको पहिलो खेलपछि साँझ ७ बजे कर्णाली शिवराज र अन्नपूर्णबीच प्रतिस्पर्धा हुनेछ ।
भलिबल इतिहासमै पहिलोपटक आयोजना हुन लागेको एनभिएलमा सर्वाधिक २० लाख रुपैयाँको विजेता पुरस्कार घोषणा गरिएको छ ।
एनभिएलको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ । एनभिएलमा ६ वटा टोलीले सहभागिता जनाएका छन् । प्रतियोगितामा १० देशका १८ विदेशी खेलाडी विभिन्न ६ फ्रेन्चाइज टोलीबाट खेल्दै छन् ।