रुकुम पश्चिम -२, भदौ ।
Advertisement
रुकुम पश्चिमको मुसिकोटमा सोमबार बेलुकी विषालु सर्पले टोकेर एक बालकको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडानम्बर -७, साँख झारीगाँउका १३ वर्षीय हेमन्त घर्तीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झबिन्द्र परियारले साँझको खाना खाएर आफ्नै एकतले टिनले छाएको घरको भुईमा सुतिरहेको बेला घर्तीलाई विषालु सर्पले टोकेको बताए । उनको टाउको र दाहिने हातमा कालो रङ्गको बिषालु सर्पले टोकेको सूचना प्रहरीलाई प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा गएको थियो ।
घटनास्थलमा पुगेको प्रहरीले लासको जाँच मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी घटनाको थप अनुसन्धान भईरहेको बताएको छ ।