रुकुम पश्चिम -३०, साउन ।
Advertisement
विपत्ति कसैले पठाउने होईन
यही ठाँउमा हुन्छ भन्न सकिन्न
प्रकृतिलाई के रोष पोख्नु छ र
आखिर मान्छेकै दोष छैन र ?
विकास भएन ? सबसे गुनासो यही
जहाँ पनि चियोचर्चा भइ रहेछ
त्यही निकासका नाममा अनेकन छन् आपत्ति
जे गर मान्छेलाई छोड्दैन आउन विपत्ति ।
जो निर्माण गर्न खोजेको छ नयाँ बस्ती
कस्ता छन् तिनका संरचनाका स्थिति
दिगो बलियो कार्यमै नआउला आपत
आलटालमै गरे पाउला आफै विपत ।
भूचाल रोक्ने मान्छेको हातमा छैन
धर्तीको उर्जा रोक्न मान्छेले सक्दैन
जोगाउन ज्यान मान्छेले अनेक सक्छ
अनि पो मान्छे ब्रह्माण्डको सर्वश्रेष्ठ हुन्छ ।
ऋतुमै बसेर आउने गर्छन् अथाह विपत्तिका लहर
मान्छेहरु बनाइ रहेछन् आजभोलि मनका शहर
जस्ता विपद आएपनि जनधन नहुने गरी क्षति
जुक्ति लगाउ मान्छे हो बच्न आउने विपतदेखि ।