रुकुम पश्चिम -१७, असार ।
कृषि प्रधान देश नेपाल, किसान सँग सम्बन्धित नेपाली चलचित्र हली आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने भएको छ । किसानका सुख दुःखलाई समेटेर निर्माण गरिएको मौलिक चलचित्र हली एकसाथ प्रदर्शनमा आउन लागेको हो ।
चलचित्र रिलिजको तयारीमा रहेकाले यतिबेला हलीका निर्माता टिम प्रचारप्रसारमा खटिएको अभिनेता प्रमोद दीपले बताए । यस चलचित्रमा गाउँले जीवनको किसान अर्थात् हलीले भोग्नु परेको दुःख कष्ट, कुप्रथा (छाउपडी) बिरुद्ध लडाईँ गर्दा बाउले भोग्नु परेको कठिनाइ, पहिलो पटक महिनावारी हुँदा छाउपडी कोठामा बस्दा बालिकाले सहनु परेको पीडा र कठोर यातनालाई कथाको रूपमा समेटिएको छ ।
अभिनेता प्रमोद दीप, अभिनेत्री सुजता थापा, विद्या कार्की लगायतको कलाकारको भूमिका रहेको छ । फिल्म निर्माताको रुपमा पूजा गुरुङ र जस्मिन श्रेष्ठ रहेका छन् ।
किसानसँग सम्बन्धित हली टिमका कलाकार, निर्माता तथा संगीतकारले असार १५ गते ललितपुरको सुनाकोठीमा रोपाइँ गरेको बताइएको छ ।