• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

लोकप्रिय समाचार

  • १. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आठविसकोटमा होप परियोजनाबारे अभिमुखीकरण


रुकुम पश्चिम -५, असार ।

Advertisement

रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा जलवायु उत्थानशील समुदायहरूको प्रवर्द्धन होप परियोजनाबारे अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । सहयोगी हातहरूको समूह साहस नेपाल र ग्रामीण युवा सरोकार केन्द्र रुकुम पश्चिमको साझेदारीमा सञ्चालन हुन लागेको परियोजनाको बारेमा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूलाई जानकारी गराउँदै कार्यक्रम सम्पन्न भएको हो ।

 

कार्यक्रममा परियोजनाको उद्देश्य, कार्यक्षेत्र तथा लक्षित समुदायबारे जानकारी दिँदै परियोजनाका जलवायु न्याय अधिकृत टेकेन्द्र नेपालीले कर्णाली प्रदेशका समुदायहरूको जीवनस्तर सुधार गर्न सामाजिक तथा आर्थिक समावेशीकरणलाई प्रवर्द्धन गर्दै न्यायपूर्ण, समतामूलक र दिगो समाज निर्माणमा परियोजनाले काम गर्ने बताए ।

 

सन् २०२६ देखि २०२९ सम्म सञ्चालन हुने परियोजना आठविसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकामा कार्यान्वयन हुनेछ । परियोजना मार्फत जलवायु परिवर्तनबाट प्रभावित समुदायको उत्थानशीलता वृद्धि, सामाजिक समावेशीकरण र आर्थिक सशक्तीकरणमा काम गरिने संस्थाका सचिव भीमराज ओलीले जानकारी दिए ।

 

परियोजनाले जिल्लाका १ हजार ८ सय ५० घरधुरीलाई प्रत्यक्ष रूपमा समेट्ने लक्ष्य लिएको छ । दलित, महिला, अपाङ्गता भएका व्यक्तिका परिवार, एकल महिला, युवा तथा किशोरीहरूलाई केन्द्रमा राखेर ७४ वटा समूह र २४ वटा संवाद केन्द्र मार्फत गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

 

परियोजना अन्तर्गत आठविसकोट नगरपालिकामा ४४ वटा समूह र १४ वटा संवाद केन्द्र तथा बाँफिकोट गाउँपालिकामा ३० वटा समूह र १० वटा संवाद केन्द्र गठन गरिनेछन् ।

 

कार्यक्रममा बोल्दै नगर प्रमुख रबि केसीले जलवायु परिवर्तनका कारण बढ्दो जोखिम न्यूनीकरण तथा समुदायको क्षमता अभिवृद्धिमा परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

 

आठविसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख रवि केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा अध्यक्षहरू, विभिन्न विषयगत शाखाका प्रमुखहरू, होप परियोजनाका एडभोकेसी कोर्डिनेटर हरिप्रसाद अधिकारी, ग्रामीण युवा सरोकार केन्द्रका सचिव भीमराज ओली लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन जलवायु न्याय प्राविधिक दिपेन्द्र महताराले गरेका थिए ।

शुक्रबार, असार ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

लोकप्रिय

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ५.
    आज बडा दसैँ

  • ६.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ७.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ८.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.