रुकुम पश्चिम -१८, बैशाख ।
Advertisement
प्रहरी प्रधान कार्यालय नक्सालले एकैपटक ठूलो सङ्ख्यामा प्रहरी जवानहरुको सरुवा गरेको छ । कार्यालयले बिहीबार जनपद प्रहरी तर्फका पाँच हजार ७ सय ५० प्रहरी जवानको सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालयले आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले जनपद प्रहरी समूहतर्फका जवानहरूको सरुवा गरिएको जनाएको छ ।
सरुवा भएका जवानहरूलाई जेठ महिना देखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयको भनाइ छ ।