रुकुम पश्चिम -४, वैशाख ।
Advertisement
नेपाल क्रिकेट सङ्घले टि२० आई र लिग-२ ओडिआई सिरिज खेल्ने नेपाली टिमको घोषणा गरेको छ । क्यानले आज दुवै फर्म्याटमा खेल्ने नेपाली टिमको घोषणा गरेको हो ।
नेपाल क्रिकेट सङ्घले युएईसँग आउँदो सोमबार र मङ्गलबार त्रिवी क्रिकेट मैदानमा हुने टि२० आईका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ ।
त्यस्तै टि२० आई सिरिज लगत्तै सुरु हुने विश्व क्रिकेट लिग-२ ओडिआईका लागि कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरिएको छ । ओडिआई सिरिजका लागि बिनोद भण्डारीले राष्ट्रिय टिममा पुनरागमन गर्दा अर्जुन कुमालले पहिलोपटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।
नेपाल क्रिकेट सङ्घले पहिलोपटक टि२० आई र लिग-२ ओडिआई सिरिज खेल्ने छुट्टाछुट्टै कप्तानको घोषणा गर्दै नेपाली खेलाडीको नाम सार्वजनिक गरेको हो ।