• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. एनभिएलमा आज दुई खेल हुँदै

  • ४. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ५. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ६. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • १०. ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु


रुकुम पश्चिम -१९, चैत ।

Advertisement

आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदैछ । चैत २९ गते सम्म सञ्चालन हुने (एसइई) परीक्षामा देशैभरबाट ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी हुँदैछन् ।

 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि सुरु भई ११ बजे सकिने परीक्षा बोर्डको समय तालिका रहेको छ ।

रुकुम पश्चिमबाट करिब ४ हजार विद्यार्थीले (एसइई) दिँदै

यसपटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा रुकुम पश्चिमबाट करिब चार हजार विद्यार्थी सहभागी हुँदैछन् । जिल्लाका ७७ वटा सामुदायिक विद्यालय र पाँचवटा संस्थागत गरी ८२ वटा विद्यालयबाट ३ हजार ९ सय २७ विद्यार्थीले (एसइई) दिँदैछन् ।

 

जस अनुसार नियमित तर्फ ३ हजार ७ सय ८४ जना र ग्रेड वृद्धि तर्फ १ सय ४३ जना विद्यार्थीले एसइई परीक्षा दिनेछन् ।

 

एसइई परीक्षामा नियमित अन्तर्गत साधारण तर्फ ३ हजार ६ सय ८७ र प्राविधिक तर्फ ९७ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तारा प्रकाश पुन मगरले बताए ।

 

आजदेखि सुरु हुने (एसइई) परीक्षाका लागि १६ जना केन्द्राध्यक्ष, २६ जना सहायक केन्द्राध्यक्ष, १ सय ९६ जना निरीक्षक र चार जना प्राविधिक, ४० जना परीक्षा सहायक र दुई जना प्राविधिक, ७८ जना कार्यालय सहयोगी र दुईजना प्राविधिक तथा २ सय ४० जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

कुन पालिकामा कति परीक्षा केन्द्र र विद्यार्थी

आजदेखि सुरु हुने (एसइई) परीक्षाका लागि मुसिकोट नगरपालिकामा चारवटा परीक्षा केन्द्र रहेका छन् । यी चारवटा परीक्षा केन्द्रबाट ८ सय ६४ जनाले (एसइई) परीक्षा दिँदैछन् ।

 

आठबिसकोट नगरपालिकामा पनि चारवटा परीक्षा केन्द्र रहेका छन् । यो पलिकाबाट ८ सय ४९ जना विद्यार्थी (एसइई) परीक्षामा सहभागी हुँदैछन् ।

 

चौहरजहरी नगरपालिकामा दुईवटा परीक्षा केन्द्र राखिएको छ । यी दुई परीक्षा केन्द्रबाट ८ सय ५ जना विद्यार्थी (एसइई) मा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक जमुना भण्डारीको भनाइ छ ।

 

त्यस्तै सानीभेरी गाउँपालिकामा दुईवटा परीक्षा केन्द्र रहेको र ५ सय ३४ जना विद्यार्थीले (एसइई) परीक्षा दिँदैछन् । त्रिवेणी गाउँपालिकामा पनि दुईवटा परीक्षा केन्द्र रहेको र ४ सय ४७ जना विद्यार्थीले (एसइई) परीक्षामा सहभागीता जनाउने बताइएको छ ।

 

बाँफिकोट गाउँपालिकाको दुईवटा परीक्षा केन्द्रबाट भने ४ सय २६ जना विद्यार्थीले (एसइई) दिँदैछन् ।

 

गतवर्ष चैत ७ गतेदेखि सुरु भएको (एसइई) परीक्षामा भने जिल्लाको १५ वटा परीक्षा केन्द्रबाट ३ हजार ६ सय ७० जना विद्यार्थी सहभागी भएका थिए । गत वर्षको तुलनामा यो वर्ष (एसइई) मा २ सय ५७ जना विद्यार्थी थप भएका छन् ।

 

यस वर्ष आठविसकोट नगरपालिकाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गत्तासैनामा परीक्षा केन्द्र थप गरिएसँगै १६ वटा परीक्षा केन्द्रबाट (एसइई) परीक्षा सञ्चालन हुने जनाइएको छ ।

 

आजदेखि सुरु हुने (एसइई) परीक्षा चैत २९ गते सकिनेछ ।

बिहिबार, चैत १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा
जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ४.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ५.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ६.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

भर्खरै

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ३.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ४.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ५.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ६.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ७.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ८.
    ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.