• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

रास्वपा सभापति शाहीको राजीनामा


रुकुम पश्चिम -२६, फागुन ।

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले जिल्ला सभापतिबाट राजीनामा दिने घोषणा गरेका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीलाई विजय गराउन नसकेको भन्दै सभापतिबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

 

रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका शाहीले निर्वाचनमा पराजित भएकोमा सम्पूर्ण हारको जिम्मेवारी लिने गरी प्रदेश सभापति समक्ष राजीनामा पेश गरेका छन् । उनले जिल्ला सभापतिबाट राजीनामा दिने कुरा सार्वजनिक गरेपनि आगामी दिनमा रास्वपा पार्टी निर्माणका लागि अझ सशक्त भएर लाग्ने बताएका छन् ।

 

त्यसका लागि रुकुम पश्चिमका सबै वडामा पार्टीको संगठन विस्तार गर्दै आगामी निर्वाचनमा पहिलो दल बन्नेमा निरन्तर लागिपर्ने जनाएका छन् । शाहीले सामाजिक सञ्जाल फेसबुक मार्फत हिजो कठिन अवस्थामा तीनजना व्यक्तिले जिल्लामा रास्वपा पार्टी विस्तार गरेको सम्झँदै यसपटकको निर्वाचनमा उक्त पार्टी देशको ठूलो राजनीतिक दल हुँदै एकल सरकार सञ्चालनको तयारीमा रहेकाले खुसी समेत व्यक्त गरेका छन् ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमले फागुन २१ गते सम्पन्न निर्वाचनमा प्रत्यक्ष तर्फ ४ हजार ७६ मत प्राप्त गर्दा समानुपातिक तर्फ १० हजार १ सय ४९ मत प्राप्त गर्न सफल भएको छ ।

मङ्गलबार, फागुन २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

भर्खरै

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ५.
    आज बडा दसैँ

  • ६.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ७.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ८.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.