रुकुम पश्चिम -२१, फागुन ।
Advertisement
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मानबहादुर शाहीले पहिलो मतदाताको रुपमा मत खसालेका छन् ।
रुकुम पश्चिमबाट उम्मेदवार बनेका शाहीले चौरजहारी नगरपालिका -१४ स्थित आधारभूत विद्यालय लामाडाँडाको क मतदान केन्द्रबाट मत खसालेका हुन् ।
आज भइरहेको प्रतिनिधिसभा सदस्य तर्फको निर्वाचनमा आफूले उत्साहपूर्ण तरिकाले मत खसालेको उनले बताए । उक्त मतदान केन्द्रमा मतदाताको समेत उत्साहपूर्ण सहभागिता रहेको शाहीको भनाइ छ ।