• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

काङ्ग्रेसको प्रतिज्ञा पत्र : राजनीतिक शुद्धिकरण देखि प्रविधि मैत्री शिक्षा र पर्यावरण संरक्षणको कबुल


रुकुम पश्चिम -१२, फागुन ।

Advertisement

रुकुम पश्चिमको नेपाली काङ्ग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय मुसिकोटमा आज बिहान पत्रकार सम्मेलनको आयोजना गरी प्रतिज्ञा पत्र सार्वजनिक गरेको हो ।

 

प्रतिज्ञा पत्र सार्वजनिक गर्दै कांग्रेस उम्मेदवार राजु केसीले राजनीतिक शुद्धिकरण र प्रविधि मैत्री शिक्षा देखि पर्यावरण संरक्षणको कबुल गरेका छन् । उनले आफ्नो संकल्प पत्रमा रुकुम पश्चिम समृद्धिको सुनिश्चितताका लागि संक्षिप्तमा १४ वटा मुख्य प्रतिबद्धताहरू प्रस्तुत गरेका छन् ।

 

जसअनुरूप राजनीतिलाई फोहोरी खेल भन्ने भ्रम चिर्न शुद्धिकरण र सुधारको कुरालाई प्रमुख संकल्पको रूपमा राखिएको छ । जिल्लाको तीव्र विकासका लागि मौलिक विकास नीति, सुशासन र भ्रष्टाचार नियन्त्रण तथा आधुनिक र प्रविधिमैत्री शिक्षा लागू गर्न पहलका कुरा उक्त पत्रमा समावेश गरिएको छ ।

 

त्यस्तै स्वास्थ्यमा सबैको पहुँच, मर्यादित कृषि र सम्मानित किसान, पर्यटन जडीबुटी र पूर्वाधार, बसाईसराई नियन्त्रण, सुरक्षित सडक एवं भौतिक पूर्वाधार, बिजुली पानी र सफा वातावरणमा सुनिश्चित गरिने संकल्प गरिएको छ ।

 

उम्मेदवार केसीको प्रतिज्ञा पत्रमा सबै स्थानीय तहमा ग्रामीण स्टोर्स, व्यावसायिक सिँचाइ प्रणाली, युवा सशक्तिकरण र करियर काउन्सिलिङ तथा जलवायु अनुकूल र पर्यावरण संरक्षणलाई प्राथमिकतामा राखिने बताइएको छ ।

 

यिनै प्रतिबद्धतालाई आत्मसाथ गर्दै उम्मेदवार केसीले निर्वाचन पछिको आफ्नो संसदीय यात्रा सुरु भएमा कार्यान्वयन गर्ने संकल्प समेत गरेका छन् ।

 

नेपाली कांग्रेस रुकुम पश्चिमले यसपटक सिंगो पार्टी एक ढिक्काका साथ अगाडि बढेकाले फागुन २१ पछिको जित सुनिश्चित भएको दाबी गरेको छ ।

मङ्गलबार, फागुन १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

भर्खरै

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ५.
    आज बडा दसैँ

  • ६.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ७.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ८.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.