• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

सुवा खोलामा फोहोर फालेको भन्दै स्थानीयको दबाब 


रुकुम पश्चिम -१, फागुन ।

Advertisement

मुसिकोट नगरपालिका -६, का स्थानीयले सुवाखोलामा फोहोर फालेको भन्दै मुसिकोट नगरपालिकालाई दबाब दिएका छन् । सदरमुकाम खलङ्गा बजार क्षेत्रको फोहोर सुवा खोलामा डम्पिङ निर्माण गरेर फाल्ने निर्णयको विरोध गर्दै दबाब सिर्जना गरेका हुन् ।

 

फोहोर व्यवस्थापनको विषयलाई लिएर मुसिकोट -६ का जनप्रतिनिधि र नगरपालिकाबिच भएको सहमतिलाई कार्यान्वयन नगर्न अनुरोध गर्दै स्थानीयले दबाब सुरु गरेका छन् । स्थानीय युवाले नगरपालिकाले फालेको फोहोरलाई तत्काल अर्को ठाउँमा व्यवस्थापन हुनेगरी उक्त ठाउँबाट उठाएर लैजान नगरपालिकालाई अनुरोध समेत गरेका छन् । साथै फोहोर व्यवस्थापनका लागि पठाइएका सवारी साधन स्थानीयको नियन्त्रणमा रहेकाले तत्काल त्यसको विकल्प खोज्न पनि आग्रह गरेका छन् ।

 

सुवाखोला आसपासमा बाक्लो बस्ती भएकाले स्थानीयको स्वास्थ्यमाथि नगरपालिकाले खेलवाड गरेको र पानीका मुहान समेत प्रदूषित भएको स्थानीयको आरोप छ । यस विषयमा नगरपालिकाले तत्काल सुनुवाई नगरे यस क्षेत्रका स्थानीयबासीले आन्दोलन सिर्जना गर्ने बताएका छन् । जसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी सम्बन्धित सरोकारवाला निकायले लिनुपर्ने स्थानीय युवा नारायण केसीको भनाइ छ । उनले स्थानीयको स्वास्थ्यमा असर गर्ने यस्ता खालका गतिविधि गर्नु पूर्व जनभावनाको कदर गर्नुपर्ने बताए ।

 

 

यसअघि मुसिकोट नगरपालिकाले मुसिकोट -१ को सल्ले नजिकै फोहोर व्यवस्थापन गर्दै आइरहेको थियो । तर त्यस आसपासका स्थानीयले फोहोरबाट उत्पन्न दुर्गन्धका कारण स्वास्थ्यमा असर परेको भन्दै फोहोर फाल्नबाट नगरपालिकालाई रोकेका थिए । जसकै कारण विगत एक महिनादेखि मुसिकोट नगरपालिकाले फोहोर व्यवस्थापन गर्न सकिरहेको छैन ।

शुक्रबार, फागुन ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

भर्खरै

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ५.
    आज बडा दसैँ

  • ६.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ७.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ८.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.