• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

नेपाली कम्युनिस्ट पार्टीको संकल्प पत्र : पूर्वाधार विकासदेखि सुशासन सम्म


रुकुम पश्चिम -१५, माघ ।

Advertisement

नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमले फागुन २१ गते हुने निर्वाचनका लागि संकल्प पत्र सार्वजनिक गरेको छ । आज बिहान मुसिकोटमा पत्रकार सम्मेलनको आयोजना गरी पाँचवटा मुख्य कुरालाई जोड दिँदै संकल्प पत्र सार्वजनिक गरेको हो ।

 

पार्टीले ‘शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार : आत्मनिर्भर रुकुम पश्चिम भागको आधार’ नामक संकल्प पत्र सार्वजनिक गरेको छ । उक्त सङ्कल्प पत्रमा जिल्लाको पूर्वाधार विकासदेखि सुशासन सम्मका मुख्य कुरालाई जोड दिएको छ ।

 

जसअनुरूप पूर्वाधार विकास अन्तर्गत सडक तथा पुल, खानेपानी, सिँचाइ, सूचना तथा सञ्चार, जलविद्युत, सहरी विकास र विद्युतीकरणलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यस्तै सामाजिक विकास अन्तर्गत शिक्षा, स्वास्थ्य, सामाजिक न्याय, संस्कृति संरक्षण र युवा खेलकुदतर्फ जोड दिने संकल्प गरेको छ ।

 

यस पार्टीले आर्थिक विकास अन्तर्गत पर्यटन, कृषि उत्पादन तथा पशुपालन र रोजगारीलाई प्राथमिकतामा राख्दै संस्थागत विकास तथा सुशासन र वन वातावरण तथा विपद व्यवस्थापनमा जोडिएर संकल्प पत्र सार्वजनिक गरिएको बताएको छ ।

 

यसका लागि संकल्प पत्रमा अगाडि सारिएका चुनावी प्रतिबद्धतालाई जनता माझ लिने र प्राप्त सुझावलाई ग्रहण गरी थप सुधार गरिने उक्त पार्टीको भनाइ छ ।

 

नेपाली कम्युनिष्ट पार्टीले सार्वजनिक गरेको संकल्प पत्रलाई अन्तिम रूप दिन भने बाँकी नै छ । पार्टी केन्द्रको घोषणा पत्र अझै प्राप्त नभएकाले संकल्प पत्रलाई थप सुधार गर्ने जनाइएको छ ।

 

रुकुम पश्चिमबाट नेपाली कम्युनिष्ट पार्टीले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गोपाल शर्मा अनललाई उम्मेदवारको रुपमा अगाडि सारेको छ ।

त्यस्तै झक्कु प्रसाद घर्ती समानुपातिक उम्मेदवारको सूचीमा परेका छन् । यस पार्टीले मुसिकोट नगरपालिकाबाट जनतासँग भेटघाट तथा घरदैलो अभियान सञ्चालन गरेर चुनावी प्रचार प्रसारलाई तीव्रता दिएको छ ।

बिहिबार, माघ १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

भर्खरै

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ५.
    आज बडा दसैँ

  • ६.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ७.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ८.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.