रुकुम पश्चिम -२६, पुस ।
Advertisement
नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिम जिल्लाको पार्टी एकता सन्देश सभा आज आयोजना गरिएको छ । जिल्ला सदरमुकाम मुसिकोट स्थित बराहटाकुरा खेल मैदानमा एकता सन्देश सभा आयोजना गरिएको छ ।
एकता सन्देश सभालाई सम्बोधन गर्न नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल आउने कार्यक्रम रहेको छ । कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न नेपाली कम्युनिस्ट पार्टीले गाउँ गाउँबाट ठूलो सङ्ख्यामा कार्यकर्ताहरू मुसिकोटमा उतार्ने बताएको छ ।
एकता सन्देश सभालाई सो पार्टीले ऐतिहासिक एकताको रूपमा हेरिएको जनाएको छ । आजको एकता सन्देश सभामा करिब १० हजारभन्दा बढी कार्यकर्ताहरू बराह टाकुरामा जम्मा हुने दाबी यस पार्टीले गरेको छ ।