रुकुम पश्चिम -२२, पुस ।
Advertisement
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज नौ दशमलव ९३ अङ्कले बढेको छ । जसबाट दुई हजार ६ सय ४९ दशमलव ३० को बिन्दुमा कायम भयो ।
आज मात्रै ३ सय ३४ कम्पनीको एक करोड ४८ लाख ३१ हजार २ सय ४१ कित्ता शेयर ८८ हजार ३ सय ६२ पटक खरिद बिक्री भएको छ । सात अर्ब १२ करोड ३३ लाख ६५ हजार २ सय ९६ बराबरको कारोबार भएको छ ।
आज होटल, पर्यटन, उत्पादन र प्रशोधन समूह बाहेक सबै समूहको उपसूचक बढेको छ । वित्त समूहको उपसूचक सबैभन्दा धेरै दुई दशमलव ८७ प्रतिशतले बढेको छ ।