रुकुम पश्चिम -१५, पुस ।
Advertisement
बंगलादेशकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको ८० बर्षको उमेरमा निधन भएको छ । उनको मङ्गलबार ढाकास्थित अस्पतालमा निधन भएको हो ।
खालिदा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की नेतृ हुन् । लामो समयदेखि विरामी परेकी खालिदा जिया बंगलादेशकी प्रथम महिला प्रधानमन्त्री समेत हुन् ।
उनी चार दशकभन्दा बढी समयदेखि बंगलादेशको राजनीतिमा सक्रिय भइन् । आफ्ना पति जियाउर रहमानको हत्यापछि खालिदाले बीएनपीको नेतृत्व सम्हालेको थिइन् ।
सन् १९८१ मा जियाउर रहमान बंगलादेशका राष्ट्रपतिमा बहाल रहेकै बेला हत्या भएको थियो । खालिदा सन् १९९१ मा बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् ।