रुकुम पश्चिम -१०, पुस ।
Advertisement
नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ गोपाल शर्मा अनललाई उम्मेदवारमा सर्वसम्मत चयन गरेको छ । मुसिकोटमा आज बसेको जिल्ला समितिको बैठकले शर्मालाई एकल उम्मेदवारको रुपमा चयन गरेको हो ।
पार्टी बैठकले समानुपातिक तर्फ जनजाति झक्कु प्रसाद घर्ती, दलित सुरज परियार, दलित महिला गिता नेपाली र खस आर्य झरणा चन्दलाई सिफारिस गरेको छ । त्यस्तै बुद्धि प्रसाद शर्मालाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय सो पार्टीले गरेको छ ।
पार्टी केन्द्रको सर्कुलर अनुसार पाँच जना उम्मेदवार सिफारिस गर्ने भनिए पनि रुकुम पश्चिमबाट नयाँ सन्देश दिने भन्दै शर्मालाई मात्रै सिफारिस गरिएको बताइएको छ ।