रुकुम पश्चिम -२९, मङ्सिर ।
नेपाली कांग्रेस रुकुम पश्चिमले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि ६ जनालाई उम्मेदवारमा सिफारिस गरेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि ६ जनालाई उम्मेदवारमा सिफारिस गरेको हो ।
नेपाली कांग्रेसका सभापति प्रेमप्रकाश ओलीका अनुसार प्रतिनिधि सभा प्रत्यक्ष तर्फ प्रेम प्रकाश ओली, गोपाल जी जंग शाह र लेखमाया केसीलाई उम्मेदवारमा सिफारिस गरिएको छ । समानुपातिक तर्फ मानबहादुर नेपाली र मनिषा रोकाया भण्डारीलाई सिफारिस गरिएको छ ।
त्यस्तै राष्ट्रिय सभा सदस्यको लागि वीरबहादुर ओलीलाई उम्मेदवारमा सिफारिस गरिएको कांग्रेसले बताएको छ ।
दुवै तर्फको निर्वाचनका लागि नेपाली काँग्रेस जिल्ला कार्यसमितिले २४ गते बसेको बैठकबाट उम्मेदवारहरू छनोट गरेर कर्णाली प्रदेश कार्यसमितिमा सिफारिस गरी पठाएको छ ।