रुकुम पश्चिम -१२, मङ्सिर ।
त्रिभुवन जनता माध्यमिक विद्यालय मुसिकोट खलङ्गाले नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ सिल्डको उपाधि जितेको छ । १५ स्वर्ण सहित कुल ३० वटा पदक जित्दै त्रिभुवन जनता माविले लगातार तेस्रो पटक उपाधि जितेको हो ।
यो जितसँगै त्रिभुवन जनता माविले राष्ट्रपति रनिङ सिल्डमा ह्याट्रिक पूरा गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीले बताए । विगत केही वर्षदेखि कर्णाली प्रदेशममै शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयले खेलकुद क्षेत्रमा हासिल गरेको उपलब्धिले विद्यालयको थप उचाइ बढेको केसीको भनाइ छ ।
त्रिभुवन जनता माविले १७ वटा विद्यालयलाई पछि पार्दै १० वटा रजत र पाँचवटा काश्य पदक समेत जितेको छ । राष्ट्रपति रनिङ सिल्डमा यमुनानन्द नमुना मावि सेरीगाउँ १० स्वर्ण सहित ३२ वटा पदक जितेर दोस्रो भएको छ । १० स्वर्ण सहित १७ वटा पदक जितेर महेन्द्र मावि चौतारा तेस्रो भएको छ ।
विजयश्वरी सेकेन्डरी बोर्डिङ स्कुल भने पाँच स्वर्ण सहित २४ वटा पदकका साथ चौथो स्थानमा सीमित भएको छ । रनिङ सिल्डमा श्री एकेडेमी सोलबाङले कुनै पदक जित्न सकेन ।
नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ सिल्ड मङ्सिर ७ गतेदेखि वडानम्बर -३, को धैरेनी चौर रङ्गशालामा सुरु भएको थियो ।
यस्तो छ विद्यालय स्तरीय पदक वितरणको नतिजा
