• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. एनभिएलमा आज दुई खेल हुँदै

  • ४. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ५. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ६. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • १०. ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

तँ पनि ठगको फेला परिगएस्


पूर्ण ओली

Advertisement

रुकुम पश्चिम -५, मङ्सिर ।

उफ् ! अनलाइनबाट मगाएको मुसा धपाउने औषधिले पनि काम गरेन । अर्को मोरोबाट फेरि ठगिएछु । यो खप्परमा ठगिनु पनि कति लेखिएको हो ? यसअघि नै यति धेरै ठगिइसकेको छु कि अहिले “फेरि ठगिएँ” भन्नै लाज लाग्ने ।

 

गर्न त यसभन्दा अघि अनलाइन विधिबाट मगाएका कुनै वस्तुले पनि आशातीत आवश्यकता पूरा गरेनन् । प्रत्येक वस्तु मगाइसकेपछि कान समात्ने गर्छु “बस्! आजैदेखि अनलाइन किनमेल बन्द!”। तर त्यो प्रतिज्ञा जँड्याहाको जाँड छोड्ने प्रतिज्ञाभन्दा पनि फितलो सावित हुन्छ । मोबाइल फोनको स्क्रिनमा देखिने पाँच सेकेन्डका ‘ग्याजेट–रिल’ ले भुसुक्कै बिर्साइहाल्छन् ।

 

पछिल्लो रामराज्य कालमै यस्तो अवस्था !

अनलाइन विधिबाट कपटपूर्ण सामान मगाउँदा एक महिनाको पेन्सन चौपट ! घरमा बुढीसँग खटपट ! आर्थिक मानसिक र शारीरिक स्वास्थ्यमा गडबड ! अनि मात्र पश्चात्तापले भतभती पोलेर बित्थैको छटपट !

 

बुढी दिक्क मान्दै भन्छिन्, ‘यी ठगहरूको विश्वास नगर भन्यो, माने पो ! बाँकी रहेको खेतबारी पनि सक्काउने भो । अहिल्यैदेखि खरानी घसे भो !”

म भन्छुः “यो दुनियाँ अनलाइनकै हो ! तिमीजस्ती पुरातन सोचकी घरबुढीलाई आधुनिक जमानाका कुरा के पत्तो ? अनि बुढी मर्माहत । उनको लागि ‘पुरातन सोचकी’ जस्तो अवहेलनापूर्ण गाली अर्को छैन ।

 

त्यसो त बिहानको चियादेखि सुरु भएर रात्रिकालीन पेयसम्मका हरेक कुरामा ठगीकै अंश हुन्छ । आँखा खुल्यो कि कुनै न कुनै ठगी पक्का ! एकचोटि बाघदेखि तर्सिएको मान्छे बाच्छो देखे पनि तर्सिन्छ, सापले तर्साएको मान्छे डोरी देखेर तर्सिन्छ, भुतको कथा सुनेको मान्छे रुखको पात हल्लिँदा पनि तर्सिन्छ । तर ठगीमा परेको मान्छे ठगहरूसँग साक्षात्कार हुँदा पनि तर्सिँदैन । ठगहरूको कस्तो मोहनी रूप !

 

यसपालि मुसा धपाउने औषधिले काम नगरेर फेरि ठगिएको महसुस भएपछि झनक्कै रिस उठ्यो । ठगिएकोमा आफैलाई लोप्पा पनि खुवाएँ । ‍औषधी उत्पादक कम्पनीको फोन नम्बर खोज्न फेसबुक रिल हेर्न थालेँ । रिलको तल हजारौँ कमेन्टः “मलाई चाहियो ।“, “मलाई चाहियो ।“ “मूल्य कति हो ? बिचबिचमा “यो औषधि हालेपछि सबै मुसा गायब ! यो त रामवाण नै सावित भयो ।“ यस्ता कमेन्टहरू देखेर झटपट एउटा कमेन्टरलाई नै फोन लगाएँ र फोन उठेपछि सोधेँ:

 

“मेरोमा मुसा धपाउने ‍औषधिले त “मुसा बोलाउने फ्रेगरेन्स जस्तो काम पो गर्‍यो । तपाईँले किनेको क्रियटिभ इन्टरनेशनलको मुसा धपाउने औषधिले मुसा धपाएको हो र ?”

“हो नि, त्यो औषधि छरेदेखि मेरो घर वरपरका सारा मुसा टाप ।”

 

उसको खिलखिलाउँदै गरेको मिठो बोलीले ऊसँग सवालजवाफ गर्न म झनै लोभिएँ ।

“साँच्चि हो र ? मेरोमा त फुट्टी काम गरेन बाइ । मुसा लर्को लागेर भित्रिएका भित्रिएई छन् ।

“औषधि प्रयोग गर्न जान्नुभएन होला नि त !”

“विक्रेताले भनेबमोजिम नै स्प्रे गरेको हुँ ।“

“स्प्रे गर्न जानेर मात्र हुन्छ त ?”

 

“डबल-ट्रिपल स्प्रे पनि गरेँ । मुसा झन् झन् उर्लिएपछि मुसाको नाचघरमा एक सिसी नै खन्याएँ तैपनि कम भएनन् । कस्तो तरिका हो त औषधि हाल्ने ?”

“त्यसरी होइन नि ! पहिले मुसा च्याप्प समात्नुस् !!”

“मुसा समात्न सकेको भए औषधि हाल्नै पर्थेन नि । अनलाइन व्यापारीभन्दा पनि चलाक मुसा समात्न सके पो !”

 

“जस्तोसुकै पासोले मुसा समातिन्छन् त ? हाम्रो कम्पनीको मुसा समात्ने पासोले मात्र चपक्कै मुसा समात्न सक्छ !”

“साँच्चिकै ? कति पर्छ त्यो मुसा समात्ने पासोलाई ?“

“एक हजार मात्र पर्छ ! अस्तिसम्म दुई हजार पर्थ्यो आजलाई मात्र अफरमा आएको छ ! लाने भए मौका नगुमाउनुस्, अहिल्यै अर्डर गरिहाल्नुस् ।”

 

“त्यो पासो ल्याए पक्का समातिन्छ त ?”

“चारो पनि मुसालाई मनपर्ने खालको हुनुपर्छ नि !”

“त्यो चारो कहाँ पाइन्छ त ?”

“हाम्रै कम्पनीमा मात्र पाइन्छ । अन्त कतै पाइँदैन ।”

“हो र ? कति पर्छ मुसाको चारोलाई ?”

 

“हिजोसम्म दुई पुरीको पन्ध्र सय थियो । आजलाई तीन पुरीलाई जम्मा एक हजारमा धमाधम विक्री भइरहेको छ । लाने भए छिटो गर्नुहोला । माग अत्यधिक भएकोले भोलिबाट दुई हजार पुग्नसक्छ ।“

“त्यो पुरीले पक्कै मुसा समातिन्छ त ?”

“विश्वास गर्नुस् न, हाम्रो कम्पनीको सामान किन्नेले गाउँभरिका मुसा समातिसके !”

 

“अनि, मुसा नै समातिएपछि यो किनिसकेको ‘र्‍याट निल’ ब्राण्डको मुसा भगाउने औषधिको काम के भयो त ?”

“मुख्य काम त्यसैको त हो नि । पहिले मुसा समात्नुहोला, अनि, ब्यूटी पार्लरजस्तै त्यो औषधि मुसाको जुँगामा दलेर छोडिदिनुहोला । जति मुसा समातिन्छन्, त्यति मुसाको जुँगामा दलिदिनुभयो भने ती मुसाले तपाईँको घरमा कहिल्यै पाइलो टेक्ने छैनन् ।”

 

फोनमा लामै गडगडाहट सुनियो र लाइन काटियो । म बकटक्कै ! अर्को ठगको फेला पो परिएछ भन्ने बल्ल ज्ञात भयो ।

त्यसो त एउटाले मगमग बास्ना आउने जापानिज कमल फूलको बीऊ किनायो, एउटै उम्रिएन । अर्कोले सजिलै रुख काट्ने करौँती भन्यो, एउटा पोथ्रो नकाट्दै २ टुक्रा भयो । तेस्रोले फूलबारीमा रङ्गीचङ्गी फूलहरूको बीऊ भन्यो, पाकेटभित्र जम्मा ५ वटा बियाँ पठाएको रहेछ । ५ मध्ये २ वटा उम्रियो । फुलेपछि थाहा भयो आफ्नै बारीका पाटाहरू र कान्लामा फुल्ने पहेँलो पुतली झार पो रहेछ । ट्रेकिङमा जान सजिलै बोक्न मिल्ने कुर्सी भन्यो र १५ हजारमा १२ वटा किनायो । किनेपछि थाहा भयो त्यस कुर्सीमा २ वर्षभन्दा ठुलो मान्छे बस्नै मिल्दो रहेनछ । आफू बस्दा एउटा कुर्चुप्पै । बुढीले बाँकी कुर्ची नकुहिने फोहोरमा लगेर मिल्काएको पत्तै भएन ।

 

यस्ता अनलाइन ठगाइ त कति कति । ठगिनु पनि कति ठगिनू, तर कहिले चेते पो । यिनीहरूको सित्तैको मोहजालमा फसिहाल्ने म पनि उस्तै !

जागिरे जीवनका ठगहरूको झन् के कुरा गर्नू ! जागिरे ठगहरूको महाकाव्य तयार गर्नै लाज लागिरहेको छ । कुरा गर्‍यो आफैलाई लाज ।

 

लाज भन्नेबित्तिकै आफ्नै घरबुढीलाई सम्झिएँ । उनले यो यात्रा संस्मरण कदापि प्रकाशन नगर्नू आफैलाई लाज हुन्छ भनेर किरियाकसम खुवाएकी छन् । प्रकाशन गरौँ आफैलाई लाज नगरौँ मुर्गा बनाइएको अपमानको आगो यो छातीभित्र दन्केको दन्केई छ । निभ्दै निभ्दैन त के गरूँ ?

आँ गरे अलङ्कार बुझ्नुहोला, घरबुढीको कानमा फेसबुकमा राखेको यो कुरा कसैगरी नपारिदिनुहोला ।

 

अँ त, एक हप्ताअघि घोराही हुँदै काठमाडौँ आइयो । गाडी यात्रा भनेपछि उनलाई सारै सकस ! उनले त एक महिनाको पेन्सनको रकम त हो, प्लेनमै जाम् भनी जिद्दी गरेकी थिइन् । तर मैले मानिनँ, “अब पटक पटक रुकुम काठमाडौँ गरिरहनुपर्ने होला, सधैँ प्लेन चढेर के साध्य ? तिमी प्लेनमा जाऊ, म गाडीमै जान्छु । उनले ‘भात छोड्नू, साथ नछोड्नू’ भन्ने उखान सम्झाउँदै पछि लागेरै छोडिन् । छिट्टै काठमाडौँ पुग्नुपर्ने भएकोले फोल्डिङ सिट नकुरी ३ र ४ नम्बरको क्याबिनको सिट लिइयो । बस आइपुगेपछि देखियो, क्याबिन स्याबिन सबै सिटमा मान्छे भरिभराउ । खुट्टा राख्नु त परैको कुरा सियो राख्ने ठाउँसम्म छैन ।

 

टिकट अनुसारको सिट मिलाइदिन चालक र सहचालकलाई हातपाउ जोडियो । तर उनीहरूले ‘टिकट काट्नेलाई नै भन !’ भनेर उल्ल्याए मात्र । बाट क्याबिनमा अरू यात्रुहरू खाँदिए । मुस्किलले जिउ अल्झाएको क्याबिनबाट पनि हाम्रो उठिबास लाग्यो । त्यहाँ छानीछानी उनीहरूलाई राखे ।

 

फोल्डिङ सिटमा मात्र काउन्टरवालाको टिकटले काम गर्ने । क्याबिनको बेन्च वा प्यासेजमा मुढा उपलब्ध गराउने सम्पूर्ण तजबिजी अधिकार खलासीलाई । रात्रिबसको एकतन्त्रीय महाराजाः खलासी । (आजभोलि खलासी भन्न पाइँदैन भनिन्छ क्यारे, तर मानवताको नाउँमा लासजस्तै गर्नुसम्म दुर्व्यवहार गर्नेलाई खलासीभन्दा निम्नस्तरको कुनै शब्द भए त्यही शब्द प्रयोग गर्ने थिएँ ।) खलासी बीस बाइसे कुकुरबैँसे हुन्छ । उसका छनौटमा कस्ता यात्री पर्छन् ? रात्री बसका आम यात्रुहरूलाई जगजाहेरै छ । बिरामी, वृद्ध, असक्त र अपाङ्गहरूलाई प्राथमिकतामा नपार्ने मात्र होइन, उसले घृणा गर्छ, दुत्कार्छ र जो नवयौवना छे र खलासीले जे जे भन्यो त्यही मान्छे, उसैलाई आफ्नो छेउको बेन्चमा वा मुढामा बसाउँछ र कुनै फोल्डिङ सिट खाली भयो भने त्यसैमा बसाउँछ ।

 

तर यात्रीहरूले अपर्झटको यात्रा गर्नैपर्छ । क्याबिनको सिट भए पनि काट्नैपर्छ र बारम्बार यस्तै दुर्ब्यवहार खेपरहनैपर्छ । जस्तोसुकै दुर्व्यवहार पनि सहनै पर्छ ।
पैसा फिर्ता गर्न मान्दैन । तिरिसकेको भाडा यात्रा नै नगरी यत्तिकै गुमाउन पनि मनले मान्दैन । अनि सुरु हुन्छः दशकौँदखि मर्मत नगरेर वा विस्तारको निहुँमा उखडखाबड पारेर छोडिएको बुटवलसम्म ठिङ्ग उभिएरै यात्रा ! जिउ अड्याउन मुढासमेत नपाएको अवस्था ! वार्धक्यले थला पार्दै गएको जिउ ! पेलापेल ! धकेलाधकेल ! फोल्डिङमा बस्नेहरूको कानको जाली फुट्ने खालको चर्को हप्काइ र सुन्नै नमिल्ने गाली !!

 

अनि बुटवलदेखि नारायणघाटसम्मको यात्रामा मुढाको बसाइ । पिठ्युँको ढाड दोब्रिएर सिधा नहुने अवस्था ! अर्काको बान्ता आफ्नो शरीरभरि ! आफ्नो बान्ता अर्काको शरीरभरि ! बसमा चढ्ने र झर्नेहरू आफ्नै टाउको वा जिउमा चढेर वारपार गर्ने ! घरी उफ्रँदै अघिल्तिर घरी पछिल्तिर । आफूसँग सुरक्षित हुन्छ भनी झोलामा राखिएको ल्यापटप, घिउतेल, खानेकुरा सबै ध्वस्त । जुत्ता चप्पल चट् ! आजित भएर बाँकी यात्राको भाडा नै माया मारी बिचमै झरेपछि एकलाई अर्कोले देख्दा नचिनेर तर्सिनुपरेको दारुण अवस्था ! गरुड पुराणका १३ वटा क्रुरतम् नर्कहरूको यातना १३ घण्टाकै यात्रामा भोगिसकिएपछि रहरको होइन स्वर्गको अनिवार्य यात्राको प्रबल सम्भावना !

 

अनि त बुढाबुढीको बोलचालै सदाको लागि बन्द ! म त पुरुष यात्रु भैगएँ एकजना महिला यात्रुको हालत के भयो होला ?

 

ठगहरूको ठगी पुराण यतिमै सकिँदैन । अब सुरु हुन्छः यस्तो अवस्था निम्त्याउने महाठगहरूको सङ्क्षिप्त वर्णन । यी महाठगले यी माथि उल्लेखित सानातिना ठगलाई स्वतन्त्र नछोडिदिएको भए यिनीहरूको स्वेच्छाचारिता किन चल्थ्यो र ?

पानीमा ठगी, दूधमा ठगी, तरकारीमा ठगी, दालचामलमा ठगी, लुगालत्त ठगी, काममा ठगी, दाममा ठगी । नजिककै नातेदारबाट ठगी, साथीभाइबाट ठगी, वरिष्ठबाट ठगी, कनिष्ठबाट ठगी, क्रेताबाट ठगी विक्रेताबाट ठगी नेताबाट ठगी । आहोहोहो जताततै ठगी नै ठगी । ठगहरूको नालीबेली केलाउँदा चक्कर लागेर ढलुँलाजस्तो भैसक्यो ।

महाठगहरूको ‘चुनाउ’ नाउको जात्रा नजिकिँदै छ । कहिल्यै नदेखेका, नसुनेका र गाउँको विकास वा मर्दा-पर्दा सिन्कोसम्म नभाँच्नेहरूको भव्य उपस्थिति । चुनावी र्‍याली । जिन्दावाद मुर्दावादको नाराले गाउँ नै जुरुक्क उचालिने । विभिन्न नाराहरूका प्लेकार्ड बोकेका मुर्गाहरूको जुलुस । भोज भतेर त कति हो कति ।
विभिन्न जात्रा हेर्न कतै जानै पर्दैन, तपाईँकै घर आँगनसम्म त्यो जात्रा आइपुग्छ । जात्राको मुख्य आकर्षणः मिठो भाषणको वर्षा, तालीको पर्रा, मासुभातको झरी, पैँसाको हावाहुरी ।

 

तपाईँलाई देख्नेबित्तिकै पहिले नमस्कार पनि नफर्काउनेले खुट्टामै पर्न आउँछ । सातजुनीसम्मको किरियाकास्टा खान्छ । रातारात गधाबाट ‘गाई’ बनिसकेको नाटक गर्छ । बालबालिकालाई ललीपप, भाउजूलाई बम्बैवाले सारी, दाजुलाई कानेटोपी र बाख्रालाई समेत दाना बोकेर तपाईँको घरको मैरोमै छिर्छ । घरघरमै अस्पताल, सडक, विश्वविद्यालय, रेल, हवाईजहाज पुर्‍याइदिने वाचा गर्छ । कर्मचारीलाई तलब बढाएर दुई लाख पुर्‍याइदिने आश्वासन दिन्छ । अरू उम्मेदवारजति नामुद भ्रष्टचारी र आफू मात्र दूधले नुहाएको सज्जन कहलिन्छ । चुनावी महोत्सव नटरुन्जेल यति मीठो बोल्छ कि पहिलो माया बस्दा प्रेमिकाले त्यति मीठो बोलेकी थिइनन् । अघिपछि एक लाइन शुद्ध लेख्न नजान्ने यति बेला चर्चित गायक र महान कवि बन्छ । धोद्रै स्वर भए पनि गीत गुनगुनाउँदै हिँड्छ । खुट्टै चलाउन नजाने पनि गरुवा सिँगारु पैँसेरु र टप्पा नाच्दै हिँड्छ । मतदाताको कुकुर बिरालालाई समेत अंगालो मार्दै सेल्फी खिच्दै हिँड्छ । स्वास्थ्य चौकी अस्पत्ताल वा बिरामी भएको घर चहार्दै बिरामीलाई तिम्रो पीडा मेरो पनि पीडा भन्दै हात मुसार्छ र निस्कँदा हातमा आधा बोत्तल स्यानिटाइजर र जिउमा पर्फ्युम छर्दै बाहिरिन्छ । कहिल्यै नपसेको मन्दिमा मात्र होइन, बाटोमा भेटिएका चुच्चे ढुङ्गामा समेत शिर जुधाउँदै र जिते बोका चढाउने कबोल गर्दै हिँड्छ । गाउँलेले समस्या सुनाए भने नोटबुकमा टिपेजस्तो गर्छ तर नोटबुक अर्को गाउँ जानुपहिल्यै खोलामा बगाइदिन्छ ।

 

माथिका उपक्रमहरू त मतदातालाई आकर्षित गर्ने टुनामुना मात्र हुन् । आखिरी रातमा बाँडेको मासु–मदिरा र पैँसाले अन्तिम डोजको काम गर्छ र सजिलै मुर्गा बनाइएको मतदाता भोलिपल्ट उसैले सिकाएको चिन्हमा छ्याप्प छाप हान्छ ।

 

ढाँट्नु ढाँटेर मतदातलाई मुर्गा बनाउने सक्ने ठगहरूमध्ये सबैभन्दा महाठगले अत्यधिक मुर्गाहरूको भोट थुत्छ र चुनाव जित्छ । जितेपछिको उसको बाँकी काम चुनाव गरेको खर्च गरेको पैसाको साँवा ब्याज उठाउनमै तल्लिन हुनु हो । ऊ बदलिन्छ माथि दोस्रो प्रसङ्गमा वर्णन गरिएको स्वेच्छाचारी खलासीमा । दिउँसोको शासनलाई रात्रिको शासनमा बदल्छ । यात्रुलाई छानी छानी सेवा पुर्‍याउँछ । एक अवधिसम्म उसकै एकछत्र स्वेच्छाचारी राज चल्छ । जनताहरू रात्रिबसको मुढा भाग पाउने यात्रीको जस्तो प्रताडना सहन बाध्य हुन्छन् ।

 

जिताइसकेपछि उसलाई जति भन्नोस्, कोट्याउनोस्, गाली गर्नोस्, उसले किन सुनोस् ?

हिजोआजको राजनीतिक दल दर्ताको बाढी देख्नुभएकै छ । छर्लङ्गै थाहा छ उसलाई, यी पाखेहरूलाई दिनदहाडै ठग्न सकिन्छ । उम्मेदवारी किन बढ्छ ? प्रत्येक उम्मेदवारलाई थाहा छ, कसरी चुनाव जितिन्छ भन्ने तिकडम । एक एकसँग एक एक जुक्ति छ, मतदाताहरूलाई उल्लु वा मुर्गा बनाई खुलेआम ठग्नको लागि । केही तरिका पहिलेका नेताबाट सिकेर, केही आफैले जुक्ति लगाएर । उनीहरूको ठगीको नाफा–नोक्सानी व्यवसाय, हग्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तै हुन्छ ।

 

तर आफूलाई भने नठगिई नहुने बानी नै परेको छ । एउटा मात्र ठग भए पो जोगिन सकिनु ? पानीमा ठगी, दूधमा ठगी, तरकारीमा ठगी, दालचामलमा ठगी, लुगालत्त ठगी, काममा ठगी, दाममा ठगी । नजिककै नातेदारबाट ठगी, साथीभाइबाट ठगी, वरिष्ठबाट ठगी, कनिष्ठबाट ठगी, क्रेताबाट ठगी विक्रेताबाट ठगी नेताबाट ठगी । आहोहोहो जताततै ठगी नै ठगी । ठगहरूको नालीबेली केलाउँदा चक्कर लागेर ढलुँलाजस्तो भैसक्यो ।

 

यो देशमाः
मुसालाई भगाउन खोज्दा मुसाले आफैलाई भगाउँछ,
यात्रामा बसको टिकट काट्दा नरकको यात्रा भोगाउँछ,
नेतालाई भोट दिँदा, देश डुबाउँछ र मतदाताको बेथा जस्ताको तस्तै रहन्छ ।

 

नठगिएको कुनै दिनै छैन, क्षणै छैन । ठगको फेला पर्नुसम्म परिसकेपछि झोँक चल्छ, झनक्क रिस उठ्छ र जो नजिक पर्‍यो उसैलाई गाली गरौँ गरौँ लाग्छ । कलिजुगका विद्यमान गालीहरू लागे पो ? सबै भुत्ते भइसके ।

 

गाली गर्नेबित्तिकै ठहरै पारिहाल्ने खालको कलीजुगको यत्ति एउटा गाली छः “तँ पनि ठगको फेला परिगएस् !”

शुक्रबार, मङि्सर ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा
जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ४.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ५.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ६.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

भर्खरै

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ३.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ४.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ५.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ६.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ७.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ८.
    ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.